logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गोरखामा झडप ७ राउड हवाइ फायर यस्तो छ अवस्था


  • राजनीति
  • बिहिबार, बैशाख १९ २०७६

गोरखामा लम्जुङ्ग बाट बिवाहमा जन्ती आएका युवकको कुटपीटमा मृत्यु भएपछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् ।

अल्काटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको स्थानीयको कुटपीटका कारण मृत्यु भएपछि अल्काटारबासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका हुन् ।

ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।

केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गर्दा वर्षीय बिष्णुबहादुर कुमालको मृत्यु भएको थियो । कुटपिटमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ गरिएको एसपी भोला रावलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार