logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

केटी जिस्क्याएको निहुँमा जन्ती र बेहुलीपक्ष बीच झडप, लमजुङका कुमालको मृत्यु


  • राजनीति
  • बिहिबार, बैशाख १९ २०७६

गोरखा– केटी जिस्क्याएको निहुँमा गोरखामा जन्ती र बेहुलीपक्षबीच भएको झडप हुदाँ एक जनाको मृत्यु भएको छ । बुधबार लमजुङ अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।
लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्ती पक्षका युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको हो ।

कुटपिटबाट घाइते कुमाललाई उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएको थियो । गोरखाका एसपी भोला रावलले घटनामा संलग्न रहेका १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सिआईबी)ले अबैध सम्पत्ति छानबिन गर्ने निकाय सम्पत्ति शुद्धीकरण बिभागसँग समन्वय गरी विगतमा अनुसन्धान नै रोकिएका गुण्डा नाइकेहरुको अबैध सम्पत्ति छानविन गरी मुद्दा चलाउने तयारी थालेको छ । सिआईबीले केही बर्षअघि राजधानीका अधिकांश गुण्डाहरुले अवैध कामबाट अकुत सम्पत्ति आर्जन गरेको प्रमाणसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा दायर गरेको थियो ।

 

डनहरुलाइ डामाडोल पार्ने तयारीमा सिआइवी, को को छन लिष्टमा हेर्नुस्

सिआईबीले गुण्डा नाइकेहरु राजिव गुरुङ उर्फ दिपक मनाङ्गे (हालका प्रदेश सांसद), मिलन गुरुङ उर्फ मिलन चक्रे, तेजेन्द्र गुरुङ, पर्शुराम बस्नेत, काभ्रेली समूहका डन गणेश लामा, बिष्णु लामा, दावा लामा, काजी शेर्पा, अभिशेक गिरी, मिटरव्याजको धन्दा चलाउने वीरेन्द्रलाल श्रेष्ठ, कबिन शाक्य, अरुण सेढाईलगायतको अबैध सम्पत्तिमाथि छानविन थालेको थियो । तर, पाँच डनको मुद्दा मात्र सम्पत्ति शुद्धिकरण विभागमा दर्ता गरेर अन्यको अनुसन्धान नै रोकिएको थियो । बिभागका तत्कालीन निर्देशक चुडामणि शर्माले अनुसन्धानको दायरामा ल्याएका अकुत सम्पत्तिका गुण्डा नाइकेसँग रकम असुलेपछि छानविन नै रोकिएको थियो । तर, अहिले गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी हेडक्वार्टरले गुण्डा नाइकेहरुको सम्पत्ति छानबिन गर्न सिआईबीलाई निर्देशन दिएसँगै गुण्डा नाइकेहरुको अवैध सम्पत्ति जफत हुने देखिएको छ ।

पछिल्लो समयमा विरेन्द्रलाल श्रेष्ठ, कविन शाक्य, अरुण सेढाईले अकुत सम्पत्ति आर्जन गरेको प्रहरीको बुझाई छ । यी तीनै जना मिटरब्याजमा पैसा लगाउने गिरोहका नाइके हुन् । श्रेष्ठले त कतिपयलाई घरबारविहीन बनाइसकेका छन् भने क्यासिनो जानेलाई अबैध लगानी गर्ने शाक्य पछिल्लो समय श्रेष्ठको हाराहारीमा पुगेका छन् । उनले क्यासिनो जानेलाई मिटरब्याजमा लगानी गरेकै भरमा ५० करोडको हाराहारीमा चल अचल सम्पत्ति सम्पत्ति जोडेका छन् ।

कुनै समय बेलायतको ग्रिनगार्ड लिएकी एक नेपाली युवतीलाई साग्रिला क्यासिनोमा सहयोगी दीपक कोइरालासँग मिलेर शाक्यले बलात्कार गरेका थिए । क्यासिनोमा जुवा खेल्नेलाई चर्को ब्याजदरमा पैसा लगानी गर्ने धन्दा चलाउने शाक्यलाई तत्कालीन महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले पक्राउ गरी हनुमानढोका बुझाएको थियो । युवतीले लिखित जाहेरी दिएपछि शाक्य र कोइरालामाथि जबर्जस्ती करणीमा मुद्दा चलेको थियो । र, पछि उनी जेलबाट छुटेपछि पुनः मिटरब्याजकै धन्दामा सक्रिय भएका भए । शाक्य कुनै समय खुंखार डन चक्रे मिलन र प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ सँग मिलेर काम गर्दथे ।

शाक्यले एक महिनाअघि तीन भारतीय नागरिक लाक्पा शेर्पा, सुमन भण्डारी र युवराज गुरुङलाई क्यासिनो बेल्लिज, रोयल र सांग्रिलामा मेसिन जडान गरी पठाएर १० मिनेटमा १ करोड रुपैयाँ जितेर भागेका थिए । ती भारतीयले राखेको मेसिनले जोकर बाहिर निकाल्ने र नचाहिने तास भित्र पठाउने गरेर उक्त रकम जितेको प्रहरीको भनाइ छ । ५४ लाखको चेक र ४४ लाख २१ हजार नगदसहित क्यासिनोबाट जुवा जितेका ती भारतीयलाई कविन शाक्यले आफ्नै गाडीमा आफैले चलाएर ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा लगेका थिए । होटलमा खाइपिई गरेपछि विवाद र होहल्ला भएपछि प्रहरीलाई खबर गरी उनीहरु पक्राउ परेका थिए ।

प्रहरीले कविन शाक्यको गाडीबाट ५४ लाखको चेक र ४४ लाख २१ हजार बरामद गरेको थियो । तर, शाक्यले प्रहरी सेटिङ गरी मुचुल्का फेरेर होटलबाट बरामद गरेको भनी उन्मुक्ति पाएका छन् । उनले ठूलै रकम प्रहरीलाई दिएर होटलबाट बरामद भएको भनी मुचुल्का फेरेका थिए । यदि गाडीबाट रकम बरामद भएको मुचुल्का भएको भए लुटपाटको रकम सहित उनको गाडी जफत हुने थियो । तर, प्रहरीलाई मिलाएर मुचुलका फेरी होटलबाट बरामद भएको बनाएपछि शाक्य र उनको गाडी जोगिएको थियो । शाक्यलाई नायिका सुष्मा कार्कीले छुटाएर लगेकी थिइन् ।

विहिबारको युनाइटेड पोस्टमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार