logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

देश नं २ : राजधानी तोक्न गठित आयोगले बुझाएको प्रतिवेदनमा यी हुन नामहरु


  • रासस
  • बिहिबार, बैशाख १९ २०७६

जनकपुरधाम– प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएका हुन् ।

मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताए । उनले प्रदेशको स्थायी राजधानी अत्यावश्यक र आम जनताको चासोको विषय रहेकाले प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफल गरी विलम्ब नगरी प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

आयोगका अध्यक्ष डा।झाले जनभावनाअनुरूप प्रजातान्त्रिक वातावरणलाई मध्यनजर गर्दै जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, दलका प्रतिनिधिसँग बृहत् छलफल गरी अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको बताए । उनले प्रदेशका आठै जिल्लामा प्रश्नावली, विचार र छलफलका माध्यमबाट आएको सुझाव सङ्कलन गरी प्रतिवेदनमा समेटिएको जानकारी गराए ।

आठ सय जनालाई प्रश्नका माध्यमले सुझाव सङ्कलन र आठै जिल्लामा बृहत् छलफल कार्यक्रम गरी प्रतिवेदन तयार गरिएको छ भन्दै उनले प्रदेशको राजधानीमा जनकपुर, वीरगञ्ज, सिमरौनगढ, बर्दिवासलगायत नाम र प्रदेशको नामकरणमा मधेश, मध्य मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकीलगायत नाम सुझावबाट आएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार