logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रक्षा मन्त्री इश्वर पोखरेलकै दबावमा जुनिएर विश्वराज पोखरेल रातारात डिआइजीमा बढुवा !

आधा दर्जन बढी सिनियर एसएसपीहरु बढुवा हुन नपाएर बसे


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, बैशाख २० २०७६

एसएसपी विश्वराज पोखरेललाई डीआईजीमा बढुवाकाे लागि सिफारिस गरिएकाे छ। लागु औषध नियन्त्रण ब्युराे काेटेश्वरमा कार्यरत पाेखरेललाई बढुवा समितीले बिहीबार बढुवाका लागि सिफारिस गरेकाे हाे।

डिआईजी शुसिल भण्डारीकाे दुर्घटनामा मृत्यु भएपछि डिआईजीकाे एउटा सिट खाली थियाे। प्रहरी एसएसपी विश्वराज पोखरेल राजनीतिक शक्तिकै दबाव र आडमा प्रहरी नायब महानिरिक्षक डिआइजीमा बढुवा भएको व्याचीहरुले बताएका छन।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलकै दबावमा उनी डिआइजी बन्न सफल भएका हुन् नाम नखुलाउने सर्तमा एक प्रहरीले भने ।

गृह मन्त्रालय स्रोतका अनुसार जुनियर एसएसपी विश्वराज पोखरेललाई डिआईजी बनाउनका लागि मन्त्री पोखरेलले तारन्तार दबाब दिन थालेपछि गृह सचिव प्रेमकुमार राई आजित बनेका थिए । आज बसेको गृहमन्त्रालयको बढुवा सम्बन्धि निर्णयले खाली रहेको डिआइजी पदमा पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।दुर्घटनापछि खाली भएको पदमा एकल बढुवा हुन पोखरेल लामो समयदेखि नेताको दैलो चहार्दै आएका थिए ।

एसएसपी पोखरेल भन्दा आधा दर्जन बढी सिनियर एसएसपीहरु बढुवा हुन नपाएर बसेका छन् । पोखरेल भन्दा सिनियर एसएसपीहरुमा विरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, बसन्त पन्त, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, गणेश ऐरलगायत छन् । उनीहरु २०४७ असार २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरु डिआईजीद्धय हरी पाल र शैलेश थापाका व्याजी हुन् ।

तर, पोखरेल भने २०४९ चैत ११ मा सेवा प्रवेश गरेका हुन् । पोखरेलका व्याजमा उनी भन्दा क्षमतावान एसएसपीहरु पनि छन् । एसएसपी धिरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्र धानुक, बसन्त लामाहरु पनि डिआईजीका आकांक्षी थिए। तर, उनीहरुले कुनै राजनीतिक दलका नेताको दैलोमा पुग्ने काम गरेको सुनिएको छैन ।

एक त जुनियर त्यसमाथि पनि कमाण्ड क्षमतामा कमजोर मानिएका पोखरेलले एकाएक शक्तिकेन्द्र मार्फत बढुवामा चलखेल गरेका कारण गृह मन्त्रालयमा दबाव बढेको थियो ।

काभ्रेमा कार्तिक १० गते भएको जिप दुर्घटनामा नेपाल प्रहरीका डिआईजी सुशील भण्डारीको मृत्यु भएको थियो । दुर्घटनामा घाइते डिआईजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

डिआइजी भण्डारी प्रहरी प्रधान कार्यालयको अन्वेषण शाखामा कार्यरत थिए। उनी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याचमेट हुन्।काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, गैह्रीबिसौना, भागेटारमा बा३च २८७ नंम्बरको टोयटा जिप शनिबार दिउँसो सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार