logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ठूलोभर्‍याङबाट दिउँसै १५ लाख लुटपाट, घाँटीबाटै सिक्री लुछियाे


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, बैशाख २० २०७६

काठमाण्डौ-  नागार्जुन नगरपालिका ३ स्वयम्भूनजिकै बिहीबार दिउँसो ठूलो भर्याङबाट १५ लाख रुपैयाँ लुटपाट भएको छ।

बानेश्वर शान्तिनगरमा आरजु ज्वेलर्स सञ्चालन गर्दै आएका खोटाङ दिक्तेलका ४० वर्षीय मनकुमार विकको १५ लाख रुपैयाँ लुटपाट भएको हो।

उनलाई चक्रपथ रोडमै बोलाएर सुनको कारोबार गर्ने भनी तीन जनाले नक्कली सुन दिएर उक्त लुटपाट गरेका हुन्। प्रहरीले नम्बर नखुलेको स्कुटर र कालो रंगको पल्सर मोटरसाइकलमा उनीहरु फरार भएको जनाएको छ।

सुनको सिक्री लुटपाट

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ९ मण्डिखाटार एकताबस्तीस्थित बाटोबाट सोही ठाउँ बस्ने ताप्लेजुङ महिवा गाउँपालिका ४ घर भएकी ५० वर्षीया खेमा लिम्बुको घाँटीमा लगाएको करिब ४ आनाको सुनको सिक्री बिहीबार बेलुका लुटपाट भएको छ।

हाल नम्बर नखुलेको निलो रंगको पल्सर मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरू सिक्री लुटपाट गरी फरार भएको बताइएको छ ।

फरार लुटेराको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार