logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ललितपुरमा केटीको बिषयमा ग्याङ्ग फाइट एक जनाको मृत्यु


  • राजनीति
  • शुक्रबार, बैशाख २० २०७६

शुक्रबार साँझ साढे ६ बजेतिर ललितपुरको सुमेरु अस्पताल नजिकैको गल्लीमा दुई समूहबीच ग्याङफाइट हुँदा एक जनाको छुरा प्रहारबाट मृत्यु भएको छ ।

केटीको विषयमा विवाद हुँदा ललितपुर महानगरपालिका – ६ प्रयागपोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डीएसपी) नारायण चिमौरियाका अनुसार केटीको बिषयमा विवाद हुँदा २ समूहबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो ।

अन्सनको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको हो । पक्राउ परेका सबै केटाहरु लागूऔषध दुव्र्यसनीमा संलग्न रहेको समेत डीएसपी चिमौरियाले बताए ।

सो घटनामा संलग्न मुख्य अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको डीएसपी) चिमौरियाले रातोपाटीलाई जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार