राजनीति
पोखरा- सिन्धुपाल्चोकमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ रेक्टर स्केलको परकम्प गएको हो । त्यसको असर सिन्धुपाल्चोक आसपासमा परेको थियो ।
‘मेरो सरकार’ सम्बोधन : राष्ट्रपति भण्डारीको बचाउ गर्दै प्रम ओलीले यसो भने……सबै जील्ल
पोखरा- प्रधानमन्त्री केपी शर्माले ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि त्यस विषयमा स्पष्टीकरण दिएका छन्।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनले सम्पादकहरूसँग अन्तरक्रिया गरिरहेका छन्। त्यस क्रममा प्रधानमन्त्री ओलीले यस्ताे स्पष्टीकरण दिएका हुन्।राष्ट्रपति भण्डारीले शुक्रबार सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा मेराे सरकार भन्ने शब्द प्रयाेग गरेपछि राजाकै झल्को दिएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ।
प्रमुख प्रतिपक्षलगायत राजनीति दलका नेताहरूले पनि राष्ट्रपतिको सम्बोधनको आलोचना गरेका छन्।त्यस विषयमा शनिबार बिहान सम्पादकहरूसँगकाे अन्तरक्रियमा प्रधानमन्त्री ओलीले यसाे भनेः मैले मेरो देश भन्छु, तपाईँको अरुको होइन भनेको हो र? मेरो मात्र हो र राष्ट्रिय गान? मेरो राष्ट्रिय गौरव भन्छु । मेरो भन्ने कुराको सामूहिक अर्थमा बुझ्ने प्रयास हो।राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो। त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो। यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो। यसअघिका राष्ट्रपतिकाे सम्बाेधन युट्युबमा हेर्नुभयाे भने पनि यस्तै भनेकाे देखिन्छ।