logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अब ओमन जान शुल्क नलाग्ने


  • पत्रपत्रिका
  • सोमबार, बैशाख २३ २०७६

ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमान जाने कामदारले सेवाशुल्कलगायत कुनै पनि तिर्नुपर्ने छैन । भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् । बिरामी भए औषधि उपचारसमेत रोजगारदाताले व्यहोर्नेछन् ।

विवाद, मुद्दामामिला भएमा पनि कामदारले निःशुल्क कानुनी सहायता पाउनेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार