logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा


  • राजनीति
  • शुक्रबार, कार्तिक १० २०७४

काठमाडौं । चालकहरुसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा चुणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बास्तोला छन् । तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन्।

थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखामा सादा पोशाकमा छड्के पठाएका थिए ।

त्यस क्रममा चालकसँग लिएको घुस रकमसहित उनीहरु पक्राउ परेका थिए । महाशाखाले निलम्बन गरी उनीहरुमाथि कारवाही अघि बढाएको छ ।

यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ ।  इन्चार्जसहित नागढुंगामा कार्यरत १६ र थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार