logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एसएसपीको सरुवाःप्रवक्ता सुवेदी काठमाडौं प्रहरी प्रमुखमा, अपराध महाशाखामा थापा


  • राजनीति
  • सोमबार, बैशाख २३ २०७६

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवागरेको छ ।

सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज सुवेदी र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामा गएका छन् ।

त्यस्तै अपराध महाशाखाका रहेका धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् । सुवेदी यसअघि प्रहरी प्रवक्ता थिए भने लामा महानगरीय प्रहरी परिसर काठमाडौमा थिए ।

त्यसैगरी थापा पूर्वी क्षेत्रीय तालिमकेन्द्र विराटनगरमा थिए ।

प्रहरी कार्यालयमा स्थानीयले गरे ढुंगामुढा

जनकपुरधाम- धनुषाका क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका स्थानीयले प्रहरीले बलात्कारका आरोपीलाई बचाउन खोजेको भन्दै प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन् । महेन्द्रनगरकी एक १४ वर्षीय बालिकालाई गत साता बलात्कार गरेको आरोपमा पक्राउ परेका रामपुकार साहलाई बचाउन सबूत प्रमाण मेटाउनुका साथै प्रहरीले कारबाही गर्न ढिलाइ गर्दै आएको आरोप लगाउँदै आफन्तसहित स्थानीय आन्दोलित भएका हुन् ।

घटना भएपछि स्थानीयवासीले तेस्रो पटक प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् । स्थानीयले गरेको प्रदर्शनले केही घण्टा जनकपुर ढल्केवर सडकखण्ड अवरुद्ध भएको थियो ।

प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सामान्य क्षति पुगेको छ भने प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ ।

गत दुई दिनअघि पनि प्रहरीले घटनास्थलमा सबूतका लागि खिचिएका फोटोहरू मेटाएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गरेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले फोटो मेटाउने प्रहरीलाई कारबाही र बलात्कारका आरोपीलाई चाँडै कारबाही गर्ने आश्वासन दिएपछि अवस्था साम्य भएको थियो ।

जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी पीडित बालिका डिप्रेसनमा गई अवस्था झन् बिग्रिँदै गएपछि थप उपचारका लागि शनिवार काठमाडौं पठाइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार