logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

किरिया पुत्री समेत मलामी


  • राजनीति
  • शुक्रबार, कार्तिक १० २०७४

दमक, (नेस)
ठूलोबुबा एवं जेठा ससुराको निधन भएपछि किरियापुत्रीसमेत मलामी गएका छन्। ४ दिनअघिदेखि आफ्ना बुबाको काजकिरिया गर्दै आएका भतिज र भतिजीबुहारी बिहीबार आर्यघाट पुगेर ठूलोबुबा एवं ससुरालाई श्रद्धाञ्जली दिएका हुन्।

मोरङको उर्लाबारीस्थित बक्राहखोलामा गरिएको अन्त्येष्टि कार्यमा भतिज प्रेमलकुमार खनाल र जेठी भतिजीबुहारी छाया खनाल सहभागी थिए। किरियापुत्री झापाको दमकबाट बक्राहखोला पुगेका थिए।

सहोदर भाइ मित्रप्रसाद खनालको निधन भएको ४ दिनपछि दाजु देवीप्रसाद खनालको बुधबार साँझ निधन भएको थियो। किरियापुत्री आर्यघाट पुगेको देखेर धेरैजसो मलामीले आश्चर्य व्यक्त गरे भने अन्यले काजकिरियालाई समयसापेक्ष बनाउन मद्दत मिलेको चर्चा गरे। विगतमा किरियापुत्रीले मतदान गरेको, परीक्षा दिएको जस्ता कुरा चर्चामा आउने गथ्र्यो।

भाइ मित्रप्रसादको ८४ वर्षको उमेरमा गत आइतबार साँझ ६ बजेर २५ मिनेटमा निधन भएको थियो। उहाँको निधन भएको ७२ घण्टा २५ मिनेटपछि दाजु देवीप्रसादको ९१ वर्षको उमेरमा बुधबार साँझ ६ बजेर ५० मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २ किरियापुत्री अन्त्येष्टि कार्यमा सहभागी भए पनि जेठा छोरा विदुर खनाल र अर्की बुहारी उर्मिला भने परम्परालाई निरन्तरता दिन घरकै कोरामा रहेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार