राजनीति
कैलाली-c परेको छ। सडक नजिकै प्रेसर कुकरमा विजुलीका तारहरु बेरेर राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।
स्थानीयले सडक छेउमा शंकास्पद वस्तु भेटिएपछि इलाका प्रहरी कार्यलय मालाखेतीमा जानकारी गराएका थिए। उक्त जानकारी पश्चात प्रहरीले तेघरीस्थित नेपाली सेनालाई जानकारी गराएपछि सेनाको टोली घटनास्थलतर्फ आउँदै छ।
उक्त शंकास्पद वस्तु के हो भन्ने विषयमा नेपाली सेना आएपछि पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
नयाँ “समाजवादी पार्टी” मा यस्ता छन जम्बो २५ जना पदाधिकारी ( नामवली)
पोखरा- नयाँ शक्ति पार्टी नेपाल रा संघीय समाजवादी फोरम बीच एकता भएर बनेको “समाजवादी पार्टी” मा २५ जना पदाधिकारी घोषणा भएको छ । सोमबार आयोजित एकता कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।
यस्तै उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।
उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।