logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

३८ क्विन्टल सुन खोइ ? भन्ने प्रश्न गरेका छन,त्यो सुन गयो ! चोर जेलमा छ – प्रधानमन्त्री ओली


  • राजनीति
  • मंगलबार, बैशाख २४ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमmaa  सवैले ३८किलो सुन खोइ भन्ने प्रश्न गरेको भन्दै ,त्यो सुन गयो, चोर जेलमा छ भन्दै जवाफ दिएका छन। उनले भने “३८ क्विनटल सुन तस्कर गरि सकेका रहेछन। अहिले त्यो बन्द भएको छ। किनकी हामीले सुन आउने प्वाल टालिदियो। अव आउदैन पहिला पहिला आको आएर पनि गई सक्यो उनले भने”।

उनले अर्का कुरामा बोल्दै  उनले भने “भात खाने कुरा गर्नुस रेलको कुरा गर्ने? भात खाने कुरा गर्नुस पानीजहाजको कुरा गर्ने ? भन्दै आफ्नो खिल्ली उडाएको पनि बताए।हामी भात खाने कुरा मात्र गरेर हुन्छ उनले भने बिकास गर्ने कुरा नगर्ने भात खाएर मात्र हुन्छ ?”

त्यसै गरी सडकमा जहाज अवतरण रोडको कुरा गर्दै ओलीले भने ३ किलो मिटरको सिधा रोड बनाउछौ।अनि त्याहा जहिले पनि होइन कहिले काही जहाज गुडाउने हो उनले भने भातमा पनि कुनै बेला जहाज दुर्घटन हुनै लाग्दा सडकमा नै जहार अवतरण गरेर मानिस बचाएको प्रसङ्ग सुनाए।

देउवालाई ओलीको कटाक्ष : “बेलायतको महारानी जस्तो भन्नु कुटनीतिक हिसाबले अशोभनीय”

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको संशोधनको प्रस्तावमा खासै सच्चाउनुपर्ने कुरा केही नभएको बताएका छन्।आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रम ओलीले आलोचनाको कुनै ठाउँ नरहेकोमा आफूलाई खुसी लागेको बताए।

बेलायतको महारानी जस्तो भन्नु कुटनीतिक हिसाबले राम्रो भएन

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भन्नु दुनियाँ भरको अभ्यास भएको उल्लेख गर्दै बेलायतकी महारानीजस्तो भन्नु अशोभनीय भएको ओलीको दाबी थियो। उनले भने, ‘सम्मानीय राष्ट्रपतिज्यूले मेरो सरकार भन्नु भयो। यो दुनियाभरीको प्राक्टीस हो। हामी अभ्यास गर्दै छौं। यस पटक मेरो सरकार मिल्यो। अर्को पल्ट अरु धेरै मिलाउनु पर्छ।

कांग्रेसका सभापति एवं विपक्षी दलका नेता शेरबहादुर देउवाप्रति इंगित गर्दै प्रम ओलीले भने, ‘विपक्षी दलका नेताले भन्नुभयो बेलायतका महारानीको जस्तो शब्द। किनभने बेलायत हाम्रो मित्र राष्ट्र हो त्यसकारण त्यसलाई नराम्रो भन्नु भएन। यो अलिक कती कुटनीतिक हुँदैन जस्तो मलाई लाग्छ।’

मेरो सरकार’ भुलचुकले हैन, जानी बुझीकनै राखिएको हो, संशोधन आवश्यक छैन

उनले ‘मेरो सरकार’ भुलचुकले नराखेको भई जानीबुझीकनै राखिएको शब्द भएको स्पष्ट पारे। ‘यो भुल्चुकले परेको होइन। यो जानी बुझीकन राखिएको हो,’ प्रम ओलीले भने, ‘संशोधन प्रस्ताव हेरें। ध्यान दिनुपर्ने केही छ कि भनेको लागेको थियो त्यसमा त्यस्तो केही छैन। मलाई खुशी लाग्यो कि आलोचनाको कुनै ठाउँ छैन।’

विपक्षी दलका प्रखुम सचेतक प्रकाशमान सिंहप्रति इंगित गर्दै ओलीले भने, ‘एक जनाले भन्नु भयो यो सुन्दर निबन्ध जस्तो छ भने। नीति तथा कार्यक्रममा आलोचना योग्य ठाउँ भेटिएन त्यसैले टुँगो लगाउनु भएको छ।’

प्रम ओलीले शुरुमै उच्चारण गर्न नहुने खालका कुरालाई वास्ता नगरेर बास्तविक प्रश्नहरुमा जान चाहान्छु भन्दै लोकतन्त्रको मुल्यमान्यताको रुपमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको दाबी गरे।

सरकारले देखाएको सपना सही भएको उल्लेख गर्दै ओलीले भने, ‘आगामी पाँच वर्ष, आगामी २५ वर्षसम्मका लागि योजना राखेको छ। यो दुरगामी विषय राखेको छ। हुनत् माननीय ज्यूहरुलाई अच्चम लागेको छ। सपना भनेको राति मात्रै देखिने हो भन्ने मात्र लागेको छ। यहाँ राति देख्ने सपनाको कुरा होइन देश बनाउनेको सपना हो। सहिदको सपना भनेको निदाएर घुरेर देख्ने हो? सहिदको सपना भनेको कहाँ पुग्ने के बनाउने अठोट थियो ती आकांक्षाहरुलाई लक्ष्यहरुलाई सपना भन्ने गरिन्छ। राति निदाएर देखिने भन्ने होइन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार