logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकारले दुई प्रहरी एआइजीहरुको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?


  • राजनीति
  • मंगलबार, बैशाख २४ २०७६

पोखरा- सरकारले दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको जिम्मेवारी हेरफेर गरेको छ।

मन्त्रिपरिषद्को वैशाख १७ गतेको निर्णय अनुसार हाल कार्य विभाग तथा अपराध अनुसन्धान विभागमा रहेका एआइजी पुष्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सरुवा गरिएको छ।

हाल प्रतिष्ठानमा रहेका एआइजी धीरु बस्न्यातलाई भने दरबन्दीमा कार्कीको ठाउँ कार्य विभाग तथा अपराध अनुसन्धान विभागमा सरुवा गरिए पनि काजमा दरबन्दी नै नरहेको ठाउँ राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ।

नेपाल प्रहरीमा हाल कायम रहेका तीन एआइजीमध्ये ठूले राईको मानव स्रोत एवं प्रशासन विभागको जिम्मेवारी यथावत छ।

२०७५ भदौ २६ गते बढुवा समितिको बैठकले पुष्कर कार्कीलाई पहिलो, ठूले राईलाई दोस्रो र धीरु बस्न्यातलाई तेस्रो वरियतामा एआइजीमा बढुवा सिफारिश गरेको थियो भने असोज ५ गते हालको जिम्मेवारीमा पदस्थापन गरेको थियो।

एआइजी बस्न्यातलाई दरबन्दी नै नरहेको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिए पछि कार्य तथा अपराध अनुसन्धान विभागको महत्त्वपूर्ण जिम्मेवारीको नेतृत्व अब डिआइजीले गर्ने अवस्था आएको छ।

एआइजी भएर कार्य तथा अपराध अनुसन्धान विभागमा आउनु अघि पनि पुष्कर कार्कीले प्रतिष्ठानको जिम्मेवारी सम्हालेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार