logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु


  • राजनीति
  • बुधबार, बैशाख २५ २०७६

दमौली- तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर घाइते भएका थिए । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका मगरलाई स्थानीय मेडिकलमा उपचारपश्चात् थप उपचारको लागि काठमाडौँस्थित सीतापाइला अस्पताल पठाइएको थियो ।

ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

जनभेटघाटको क्रममा विप्लव तनहुँका जनसरकार प्रमुख सहित दुई प्रकाउ,इन्चार्ज उभारको आपत्ति

जिल्ला प्रहरी कार्यलय तनहुँले नेत्रविक्रम चन्द (विप्लव)का दुई कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बन्दीपुरगाउँपालिका-१नाहाला बस्ने ६६ वर्षीय शिवशंकर अधिकारी नेकपा (विप्लव)का जिल्ला सदस्य एवम् जनसरकार प्रमुख र व्यास नगरपालिका वडा नम्बर (७ सत्रसय बस्ने ४१ वर्षीय टेक वहादुर वि.क (विवेक) नेकपा (विप्लव)का जिल्ला सदस्य रहेका छन् ।उनीहरुलाई भानुनगरपालिका वडा नम्बर-२ को आमबोटेबाट पक्राउ गरिएको हो । दुवै जनालाई तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी तनहुँका ईन्चार्ज उवारले पार्टी कामको सिलसिलामा नि:शस्त्र तरीकाले जनभेटघाट गरिरहेका बेला आफ्नो पार्टीको दुई नेताहरुलाई गिरफ्तार गरिएकोमा आपत्ति प्रकट गरेका छन् । उनले आफ्नो पार्टीका नेता गिरफ्तारीप्रति आपत्ति प्रकट गरेका हुन् । उनले विना हातहतियार भेला भै आफ्ना कुरा जनतामाझ राख्न पाउने संबैधानिक अधिकारको हनन गर्दै गैरकानुनी रुपमा गिरफ्तार नेताहरुलाई अविलम्व रिहाईको माग गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार