राजनीति
पाल्पा – माथागढी गाउँपालिकामा सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनबाट प्राकृतिक ग्यास निस्केको छ ।
गाउँपालिकाकाे वडा २ रुप्सेस्थित ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा बताउछन ।
जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको थियो । पाल्पामा जमीनमुनिबाट ग्यास पहिलोपटक निस्किेको हो । जमीनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि हेर्न बासिन्दाकाे भीड लागेको छ ।
स्थानीय बासिन्दाले जमीनमुनि गाडेको पाइप ढाकेर राखेका छन् । ढाकेको वस्तु हटाएपछि पाइपबाट आगो निस्केको देखिएको छ । आगो बोलेको हेर्नका लागि आसपासका क्षेत्रबाट सोलेमा पुगेको छ ।
पाल्पाका समथल माडीफाँट अन्न उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ । पाल्पामा फलाम खानी, कोइला, चुनढुङ्गा खानी प्रशस्त रहे पनि त्यसको लाभ लिन सकेको छैन ।