logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बाघले आक्रमण गर्दा पोखरामा २ जना घाइते,शिशुवामा तनाव ! यस्तो छ अवस्था…..


  • राजनीति
  • बुधबार, बैशाख २५ २०७६

पोखरा– बाघले आक्रमण गर्दा पोखरामा २ जना घाइते भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित शिशुवा चोकमा अकस्मात देखा परेको बाघले दुई व्यक्तिलाई आक्रमण गरेको हो।

बाघको आक्रमणमा परी धरान घर भई पोखरा शिशुवा बस्ने ४५ वर्षीय टिकाबहादुर लिम्बु र त्यहिँ स्थान बस्ने ५७ वर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। घाइतेको उपचारका लागि लेखनाथ सिटी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालयका अधिकारीलाई सम्पर्क गरी घटनास्थलमा प्रहरीको टोली परिचालन गरिसकिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए।

मुख्यमन्त्री गुरुङले प्रस्ताव गरेको रेडलाइन जोन पोखरा लेकसाइडमा बन्दै “खुल्ला यौन गर्न पाइने”

गण्डकी प्रदेश सरकारले पोखरामा ‘इन्जोय जोन’ बनाउने भएको छ । प्रदेश सरकारले पोखरामा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले कुल ९ करोड लागतमा ‘इन्जोय जोन’ बनाउने भएको हो ।

प्रदेश सरकारले निजि कम्पनीलाई चौबिसै घण्टा सञ्चालनको जिम्मा दिने गरी पोखराको लेकसाइड क्षेत्र नजिक ‘इन्जोय जोन’ बनाउने तयारी गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् ।
‘इन्जोय जोन’ मा जाने ब्यक्तिले मनोरञ्जनका लागि ईच्छा यौन क्रियाकलापसमेत स्वतन्त्र रुपमा गर्न पाउने छन् ।
मन्त्री लम्सालका अनुसार ‘इन्जोय जोन’ क्षेत्रमा पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले हस्तक्षेप गर्दैन ।

‘इन्जोय जोन’ निर्माण भईसकेपछि विश्वका अन्य पर्यटकीय मुलुकहरुमा हुने सम्पूर्ण गतिविधि पोखरामा पनि हुनेछ

यो पनि हेर्नुस्

पोखरा- पोखराको महेन्द्रपुलमा चिरपट दाउराको प्रहारबाट एक बालक घाइते भएका छन् ।मकवानपुर घर भई हाल पोखरा–९ महेन्द्रपुलमा बस्ने २५ वर्षीय लक्ष्मी राईले चिरपट दाउराले प्रहार गर्दा सोही स्थान बस्ने सीता राईका १८ महीनाका छोरा उज्वल राई गम्भीर घाइते भएका छन् ।

घाइते नाबालक उज्वलको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने लक्ष्मीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरामा अल्ट्रालाइट अवतरणका क्रममा दुर्घटना

पोखरा – हेलि एअर कम्पनीको अल्ट्रालाइट मंगलबार अवतरणका क्रममा दुर्घटना भएको छ । अल्ट्रालाइटमा चालक फ्रान्सका ४५ वर्षीय एरिक र यात्रु नवलपरासी गैंडाकोट नगरपालिकाका ३५ वर्षीय अनिश भट्टचन सवार थिए ।

दुर्घटनाबाट यात्रुको हातमा सामान्य चोट लागेको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । दिउँसो करिब २ बजेर १५ मिनेटमा अल्ट्रालाइट विमानस्थलको दक्षिण धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । उक्त अल्ट्रालाइट १ बजेर ४५ मिनेटमा उडान भरेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

अल्ट्रालाइटको पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । ‘अल्ट्रालाइटको २ वटा पंखामा खराबी रहेछ । त्यसैका कारण दुर्घटना भएको हुन सक्छ,’ उनले भने ।

यसअघि पोखरा विमानस्थलबाट ३ ठूला अल्ट्रालाइट भएका थिए । उक्त दुर्घटनाबाट ३ विदेशी र २ नेपालीको ज्यान गइसकेको छ । ती सबै दुर्घटना एभिया क्लबले उडाउँदै आएको अल्ट्रालाइट थियो ।

पोखरा लेकसाइडमा एक हजार रुपैया पर्ने कफी सप खुल्दै हेर्नुस………

फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कफी सभ खोलेर १०० डलरमा बेच्ने बताएका हुन।

उनले फेवातालमा फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने बताएका हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ ले पोखरामा गरेको लुम्बिनी भ्रमण वर्षबारे जानकारी दिन पोखरामा गरेको पत्रकार सम्मेलन तथा अन्तक्रिर्या कार्यक्रममा मन्त्री लम्सालले फेवातालमा कफी पसल खोल्ने योजना सुनाएका हुन् । उनले उक्त कफी सपमा ‘पूरै अर्गानिक’ कफी मात्रै पाइने दाबी गरे ।

यो पनि पोखरा कै हो

पोखर्ता (खपौंदी)मा एउटा कफी सप बनाउने प्रदेश सरकारको योजना छ,’ मन्त्री लम्सालले भने, ‘त्यो कफी सस्तो मूल्यमा पाइने छैन । १ कपको १ सय डलर पर्नेछ । त्यो हाम्रै गण्डकी प्रदेशमा उब्जिएको अर्गानिक कफी हुनेछ ।’

मन्त्री लम्सालले फेवाताल बीचमा कफी सप खोल्न अध्ययनसमेत भइरहेको प्रष्टयाए । ‘त्यहाँ जान तालबाराही मन्दिरमा जस्तै डुंगा चढेर जाने व्यवस्था हुन्छ,’ उनले भने, ‘पर्यटकहरु डुंगा चढेर गण्डकी प्रदेशको कफी खान जान पाउनेछन् ।’

उनले फेवाताललाई ६५ मिटर मापदण्डमा चाँडै नयाँ टट्बन्ध बनाउने र फेवातालको आकार पनि बढाइने बताए ।

मनाङस्थित मस्र्याङ्दी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

मनाङको नासो गाउँपालिका–३ घर भई हाल चामे गाउँपालिका–३ नयाँबजार बस्ने १९ वर्षीय रोशन गुरुङ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धानसहित खोजी कार्य जारी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार