logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सांसदकै डेरामा तोडफोड गरी ५४ हजार रुपैयाँ चोर्ने, को हो त्यो चोर ?


  • राजनीति
  • बुधबार, बैशाख २५ २०७६

सुर्खेत– कर्णाली प्रदेश सभाका सदस्यको डेरामा तोडफोर एबम चोरी भएको छ।प्रदेश राजधानी वीरेन्द्रनगरको खजुरास्थित सा८सद कुर्मराज शाहीको डेरामा मंगलबार दिउँसो तोडफोड भएको हो।

सांसद शाहीले घरमा कोही नभएको बेला मौका छोपी डेरा तोडफोड गरेर ५४ हजार नगद रुपैयाँ चोरी भएको बताएका छन्। चोरी भएको थाहा पाउन साथ डिएसपी प्रदीपबहादुर क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरीले मुचुल्का उठाएको छ।

प्रहरीको सल्लाह अनुसार बुधबार उनले जिल्ला प्रहरी कार्यालयमा चोरको खोजी गरी रकम असुली गरिदिन निवेदन दिएका छन्। प्रहरीले चोर पत्ता लगाउने आवश्वासन दिएको छ।

प्रहरीले चोरी गर्नेहरुको खोजी भइरहेको जनाएको छ। सांसद शाहीको डेरा तोडफोड भएसँगै राजधानीको सुरक्षा चुनौतीबारे प्रश्‍न उव्जीएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार