logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ललितपुरमा एक महिलाले गरे पुरुषको अपहरण,२ घण्टा पछी प्रहरीले गर्यो उद्दार


  • राजनीति
  • शुक्रबार, बैशाख २७ २०७६

पोखरा- महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा एक महिलालाई नियन्त्रणमा लिएको छ । बन्धक बनाइएका इमाडोलका कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो ।

अमिना भुजेल नाम गरेकी एक महिलालाई प्रहरिले प्रकाउ गरेको हो। भुजेल र चौडेलबीच लेनदेनको विवाद रहेको उनले जनाए ।

अनुसन्धान अधिकारीका अनुसार भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको रकम दिन बाँकी थियो । रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी थिइन् ।

‘उसले चाहिँ ३० हजार मात्र दिन बाँकी रहेको भन्छ । तर, महिलाको कुरा ५० हजार छ’, एक अनुसन्धान अधिकारीले भने, ‘महिलाले पैसा आइपछि मात्र जान पाउँछस् भनेकी रैछिन् । त्यतिवेलै प्रहरीलाई खबर भएको हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार