logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

भाइको हत्या आरोपी किशोरीले गरिन् प्रहरी चाैकीमै आत्महत्या


  • राजनीति
  • आइतबार, कार्तिक १२ २०७४

१२ कात्तिक, सिरहा – सिरहाको कर्जन्हा-२ मा भाइको हत्याको अरोपमा पक्राउ परेकी १६ वर्षीया किशोरी पि्रयंका यादवले प्रहरी चौकीमै आत्महत्या गरेकी छन् ।

आफ्नो यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा भवेश यादवको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी आज मध्याहृन सार्वजनिक गरेको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयामा को टोलीले पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, त्यहाँ थुनुवा राख्ने ठाउँ नभएपछि इलाका प्रहरी कार्यालय बिष्णुपुर लगिएको थियो ।

साँझ ५ बजेतिर प्रहरीको अनुमतिमा चौकीकै बाथरुममा नुहाउन छिरेकी उनले सलको पासो लगाएर आत्महत्या गरेको बिष्णुपुर प्रहरी चौकीले पुष्टि गरेको छ ।

महिला थुनुवा कक्ष भित्रै बाथरुम रहेको र गर्मी भएको भन्दै नुहाउन भनेर छिरेकी यादव केहिबेर पछि नै चलेको नसुनिएपछि बाथरुमको माथिबाट हेर्दा मृत्यु भइसकेको पाइएको सिरहाका एसपी शेकर कोइरालाले जानकारी दिए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘हाम्रोको निगरानी हुँदा हुँदै पनि उनको ज्यान जोगाउन सकिएन ।’

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइने प्रहरीले जनाएको छ ।

गाउँ नजिकैको जंगलमा भैसी चराउन जाँदा प्रियंका र गाउँकै सञ्जय शाहलाई आपत्तिजनक अवस्थामा देखेका भवेशलाई यौन सम्बन्ध खुल्ने डरले प्रियंका र सञ्जयको योजनामा हत्या गरिएको प्रहरीले जनाएको छ ।

कात्तिक २ गतेदेखि हराइरहेका भवेशको शव दुई दिनपछि भेटिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार