logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यौन व्यवसायमा संलग्न १२५ जना युवायुवती एकै दिनमा प्रकाउ


  • राजनीति
  • सोमबार, बैशाख ३० २०७६

काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले १२५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिँदै “काठमाडौँमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो”, भने ।

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

 

एभिन्युज टेलीभिजनको कार्यालय तोडफोड

एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ । कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका टेलिभिजनले जनाएको छ ।

उनीहरुले सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिएको एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले बताइन् । उनीहरू को हुन् र किन आएर तोडफोड गरे केही नभनेको उनले बताइन् ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार राति प्रसारण भएको थियो । अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए ।

अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार