पोखरा- पोखरामा आज एक युवकको शव फेला परेको छ । पोखरा -२० भलाम स्थित काली खोलामा २२ बर्षीय विरेन्द्र सापकोटाको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।
प्रहरी प्रवक्ता पुरीका अनुसार म्याग्दी घर भई हाल बगरमा बस्दै आएका सापकोटाको शव काली खोलाको झोलुङ्गे पुलमुनी फेला परेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा १६ बाटुलेचौर बासघारीमा सालनाल नकाटिएको अवस्थामा एक नावालिका फेला
पोखरा – पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौर अम्बिका टोल स्थित बासघारीमा सालनाल नकाटिएको अवस्थामा एक नावालिका फेला परेकी छिन् ।
खबर प्राप्त हुनसाथ तत्कालै टोली खटिई गई हेर्दा जिवितै अवस्थामा रहेकोले उपचारको लागि मातृशिशु अस्पताल लामाचौरमा पठाईएको प्रहरीले जनाएको छ ।
यद्यपी शिशु कस्ले यस्तो अवस्थामा छोडेको हो भन्ने खुल्न सकेको छैन । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ । अहिले अस्पतालमा ति बालिकालाई हेर्नेहरुको भीड लागेको बाटुलेचाैरका स्थानीय राजकुमारी बानियाँले जानकारी दिईन् ।
कडा न्युजबाट साभार