logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

आफन्तको बिहेमा गएका युवाबीच झडप हुँदा एकको मृत्यु


  • राजनीति
  • मंगलबार, बैशाख ३१ २०७६

नारायण नगरपालिका-५ छातिकोटमा सोमबार राति आफन्तको बिहेमा गएका युवाबीच झडप हुँदा एकको मृत्यु भएको छ। सोही ठाउँका ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहेमा मदिरा सेवन गरेका स्थानीय पहलसिंह सारु र दानबहादुर थापा पक्षबीच झगडा भइरहेको बेला करिब राति १२ बजेतिर थापाको हत्या भएको प्रहरीले जनाएको छ।

झडपमा संलग्न व्यक्तिको प्रहरीले खोजी गरिरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।मृतक थापाको शव अहिले जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार