logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

प्रदर्शनकारीलाई समात्ने निहुँमा सिक्री लुट्ने प्रहरी कारबाहीमा, क्यामेरामा यसरी भयो कैद


  • राजनीति
  • मंगलबार, बैशाख ३१ २०७६

पोखरा- बौद्धमा सडक पिच गर्न माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रर्दशनकारीको सिक्री लुटेको आरोपमा एक प्रहरी कारबाहीमा परेका छन्।

प्रहरी जवान अमिर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले कारबाही गरेको हो। प्रहरी जवान श्रेष्ठलाई निलम्बन गरिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

‘हामीले समिति बनाएर अनुसन्धान शुरु गरिसकेका छौं। अहिले जवानलाई निलम्बन गरिएको छ,’ एसएसपी सुवेदीले भने।

गत बिहीवार बौद्धमा धुलोमुक्त बनाउन पिच गर्नुपर्ने भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प पारेका थिए। बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो बन्द गरिएको थियो।

यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको थियो। यही अवस्थामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रदर्शनकारी नियन्त्रण लिने क्रममा लगाएको सिक्री लगेको प्रहरीको अनुसन्धानमा देखिएको छ।’सिक्री चुडिएपछि फिर्ता दिनुपर्ने थियो। आफैसँग राखेर गल्ती गरेको देखियो,’ एसएसपी सुवेदीले भने।

प्रहरीले आज विहान प्रर्दशनकारीको सिक्री फिर्ता दिएको छ।

पहिलो पोष्ट

 

धमलाको कार्यक्रममा फेरि अर्को नेताहरुबीच कुटाकुट ! (भिडियोसहित)

पोखरा – सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुबीच बाझाबाझ गरेको एउटा काण्ड सेलाउन नपाउँदै फेरि अर्को काण्ड दोहोरिएको छ । प्राईम टाईम्स टेलिभिजनमा “जनता जान्न चाहन्छन्” कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका नेता सुमनराज प्याकुरेल र नेपाली कांग्रेसका नेता महेन्द्र यादवबीच बाझाबाझपछि हात हालाहालको स्थिति सिर्जना भएको छ ।

यसअघि प्राइम टिभीबाट प्रशारण भएको धमलाको कार्यक्रममा नेकपाका सत्यनारायण मण्डल र कांग्रेसका रामकृष्ण यादवबीच कुटाकुट भएको थियो । संयोग कस्तो भने यस अघिको अन्तर्वार्तामा मण्डल सप्तरीका सांसद थिए भने रामकृष्ण यादव धनुषाका नेता हुन् । आजको कार्यक्रममा प्याकुरेल सप्तरीबाट प्रतिनिधित्व गर्छन् भने महेन्द्र यादव धनुषाबाट । मण्डल र प्याकुरेल सांसद हुन् । तर, कांग्रेसका नेताद्धय रामृष्ण र महेन्द्र यसपटकको निर्वाचनमा पराजित भएका थिए । तर, दुवै नेता मन्त्रीहरु भैसकेका छन् । हुन त मण्डल पनि मन्त्री भैसकेका नेता हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार