पोखरा- २५६३औ बुद्ध जयन्ति तथा बैशाख पुर्णीमाको अबसरमा आयोजित मोहोरिया मेला एवम वडा स्तरिय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । जेष्ठ १गते बाट सुरु हुने मोहोरिया मेलाको लगभग सवै तयारी पुरा भएको क्लबका अध्यक्ष जीत थापाले जानकारी दिएका छन। अध्यक्ष थापाका अनुसार खेल मैदान सम्माउने काम र दर्शकको लागी प्याराफिटको काम पनि सकिएको बताए।
मेलामा भलिबल तर्फ प्रथम पुरस्कार ४०,००० द्धितीय पुरस्कार २५,००० साथमा मेडल, शिल्ड र प्रमाण पत्र पदान गर्ने अध्यक्ष थापाले बताए।अनुसाशित टिम, उत्कृट खेलाडी, लिफटर, स्पाईकर को लागी पनि पुरस्कारको ब्यवस्था गरिएको थापाले बताए।
मेलामा भलिवल तार्फको प्रथम पुरस्कार प्रायोजन हाल अमेरिका रहेका मोहोरिया निवासी अमित गुरुङले ४० हजार प्रायोजन गरेका छन । त्यसै गरी हङ्कङमा कार्यरत मोहोरिया निवासी कवि थापाले सबै शिल्ड मेडल प्रायोजन गरेका छन।
यसै गरी दक्षिण कोरियामा रहेका अनिल गुरुङले रु १० हजार, सिद्दार्थ गौतम ऋण तथा बचत सहकारीले रु ५ हजार सहयोग गरेका छन।
यसै गरी कार्यक्रम सफलताको लागी रुपा गाउ पालिका मोहोरिया सामुदायिक कोष, कौशिला आमा समुह, सिद्दार्थ तमु समाज मोहोरिया ,सामुदायिक बन फाल्भन्ज्याङ, अस्थायी प्रहरी चौकी ,रुपाकोट स्वास्थ्य चौकीले पनि बिशेष सहयोग गरेका छन।
खेल अन्तर वडा स्तरिय खेलाईने र राष्ट्रिय तथा क्षेत्रिय स्तरका खेलाडी लाई सहभागी गराईने तर साविक वडा भित्रकै हुनुपर्ने मापदण्ड रहेको पनि बताएका छन। मेलामा मनोरन्जनको लागी लोपन्मुख कौडा र घाटु नाच प्रस्तुत गरिने छ उनले भने “मेलामा आउने आन्तरिक पर्यटक एव बाह्य पर्यटकको लागी गाउँमै होमस्टेको व्यवस्था पनि रहेको छ।”
रूपाकोट मोहोरिया गाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ हो। पर्यटकिय हिसावले पनि विकासको रुप लिइरहेको यो गाउँमा गुरुङ अनि मगरहरुको बाक्लो बस्ति रहेको छ। परिचित शाही रुट ट्याकमा पर्ने मोहोरिया गाउँ प्राकृतिक मनोरम दृश्यको अबलोकनको लागी समेत उकृष्ट छ। धार्मिक हिसावले परिचित चिसापानी देवी , कौसिला देवी मन्दिर पनि रहेको छ। सांस्कृतिक रुपमा गुरुङ अनि मगरहरुको सोरठी कौडा घाटुँ पनि नियाल्ने मौका पनि पाइन्छ। पोखराबाट पिच सडक मार्फतबाटै लेखनाथ शिशुवा रुपाताल खोला छेउ हुदै रुपाकोट पुग्न सकिन्छ।