logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माछा मार्ने क्रममा एक जना तनहुँ मर्स्याङ्दी नदीमा बेपत्ता


  • राजनीति
  • मंगलबार, बैशाख ३१ २०७६

तनहुँ- माछा मार्ने क्रममा एक जना मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भानु नगरपालिका–९ पातलेका ४५ वर्षीय शेरबहादुर गुरुङ रहेका छन्। माछा मार्ने क्रममा नदीले बगाएर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

नदीले बगाएर बेपत्ता भएको पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर कार्कीको टोली खोजतलासका लागि खटिएको छ। प्रहरी र स्थानीयहरू खोजी कार्यमा जुटेको भए पनि गुरुङ नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

धमलाको कार्यक्रममा फेरि अर्को नेताहरुबीच कुटाकुट ! (भिडियोसहित)

पोखरा – सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुबीच बाझाबाझ गरेको एउटा काण्ड सेलाउन नपाउँदै फेरि अर्को काण्ड दोहोरिएको छ । प्राईम टाईम्स टेलिभिजनमा “जनता जान्न चाहन्छन्” कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका नेता सुमनराज प्याकुरेल र नेपाली कांग्रेसका नेता महेन्द्र यादवबीच बाझाबाझपछि हात हालाहालको स्थिति सिर्जना भएको छ ।

यसअघि प्राइम टिभीबाट प्रशारण भएको धमलाको कार्यक्रममा नेकपाका सत्यनारायण मण्डल र कांग्रेसका रामकृष्ण यादवबीच कुटाकुट भएको थियो । संयोग कस्तो भने यस अघिको अन्तर्वार्तामा मण्डल सप्तरीका सांसद थिए भने रामकृष्ण यादव धनुषाका नेता हुन् । आजको कार्यक्रममा प्याकुरेल सप्तरीबाट प्रतिनिधित्व गर्छन् भने महेन्द्र यादव धनुषाबाट । मण्डल र प्याकुरेल सांसद हुन् । तर, कांग्रेसका नेताद्धय रामृष्ण र महेन्द्र यसपटकको निर्वाचनमा पराजित भएका थिए । तर, दुवै नेता मन्त्रीहरु भैसकेका छन् । हुन त मण्डल पनि मन्त्री भैसकेका नेता हुन् ।

ओली बिदेश गएको मौकामा वामदेवको प्रचण्ड लगाएत संग गोप्य बैठक ! केके गरे छलफल ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोार्चाबन्दी कस्न व्यस्त छन् । प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा छन् । यही मौका छोपेर ओलीसँग सुरुदेखि नै रुष्ट बनेका प्रभावशाली नेता बामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई भेला गरी गोप्य छलफल गरेका छन् ।

पछिल्लो समय सरकार एकपछि अर्कोगरि विवादमा मुछिएको भन्दै उनीहरुले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीविरुद्ध मोर्चाबन्दी कसेका हुन् । आगामी जेठ १५ गते बजेट आउँदैछ । नीति तथा कार्यक्रमपनि विवादमा परेकोले अब जनतामा निराशा आउन नदिनेगरि अघि बढ्नुपर्ने उनीहरुको निश्कर्ष छ । सरकारले चालेका हरेक कदममा अध्यक्ष प्रचण्डपनि भित्रभित्रै असन्तुष्ट छन् । तर, उनले खुलेर ओलीको विरोध गरेका छैनन् ।

पोलिटव्यूरोलगायत पार्टीका विभिन्न सांगठानिक एकतापनि तत्काल टुँगो लगाउनुपर्ने पार्टी पंक्तिबाट ठूलो दबाब छ । अध्यक्षद्धय ओली र प्रचण्डले पनि यो विषयमा गम्भिर भएर छलफल गर्दै आएका छन् । प्रधानमन्त्री ओली विदेश उड्नुअघिसम्म पनि उनीहरुबीच एकता प्रक्रियालाई अब टुँगोमा पुर्याउनेगरि छलफल भएको थियो । सम्भवतः प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै यो विषयमा उनीहरुबीच एक चरण छलफल हुन्छ । जेठ ३ गते पार्टीका सबै एकता टुँगो लगाउने ओलीको तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार