logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रेष्टुरेन्ट चेकजाँच गर्दा यस्तो देखियो प्रहरीलाई १८ हजार घुस दिएर उम्कने कोशिश


  • राजनीति
  • बिहिबार, जेष्ठ २ २०७६

राजधानीको गोंगबु एसियाबाट प्रहरीले २८ जना यौनकर्मीलाई पक्राउ गरेको छ । अनैतिक क्रियाकलाप सञ्चालन हुने गरेको भन्ने स्थानीयहरुबाट गुनासो आएपछि प्रहरीले उक्त एरियामा रहेका खाजा घर तथा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष कर्डन एण्ड सर्च अप्रेशनको क्रममा पुजा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

बिजि मल नजिक सञ्चालनमा रहेको पुजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा सो रेष्टुरेन्टमा छापा मारिएको प्रवक्ता बोगटीले बताए ।

सो रेष्टुरेन्टका सञ्चालक बर्ष ३० को सौगात क्षेत्रीलाई प्रहरीले सोधपुछ गर्ने क्रममा क्षत्रीले प्रहरीलाई रेष्टुरेन्ट चेकजाँच नगर्न भन्दै १८ हजार नगद घुस समेत दिएको प्रवक्ता बोगटीले जानकारी दिए ।

क्षेत्रीसहित २८ जनालाई नै नियन्त्रणमा लिई थप सोधपुछ तथा अनुसन्धान गर्ने कार्य भईरहेको उनले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार