logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

८ दिनदेखि अनसन बसिरहेका ११ नर्स पक्राउ


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३ २०७६

पोखरा- ८ दिनदेखि अनसन बसिरहेका मानवअंग प्रत्यारोपण केन्द्रमा ११ नर्सलाई आज प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार बिहान ८ बजे आफ्ना सहकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको केन्द्रमै कार्यरत नर्स रिम्सा कार्कीले बताइन्।प्रशासनले आफ्ना मागको सुनावाइ नगरेपछि नर्सहरूले अस्पताल ठप्प पारेका थिए।

अस्पतालमा सेवा लिन आउने मृगौलाका बिरामीहरूको एक्सरे लगायतका परीक्षणहरू केन्द्रमै राखेर बिरामीका गुनासोको व्यवस्थापन गर्न, नर्स र बिरामीको अनुपात मिलान गर्न, अस्पतालको जनशक्तिका लागि लोकसेवा खुलाउन र स्थापनाकालदेखि कार्यरत नर्स तथा कर्मचारीलाई प्राथमिकता दिन, ठेकेदारी प्रथाद्वारा कुनै पनि कर्मचारी नियुक्त नगर्नलगायतका ६ बुँदे माग राखेर उनीहरू वैशाख ११ देखि आन्दोलनरत छन्।

नर्स विक्की शेर्पा भने आमरण अनसन बसेकी छन्। उनको स्वास्थ्य जटिल बन्दै गएपछी आफूहरूले अस्पताल ठप्प पारेको नर्स कार्कीले बताइन्।

त्यसपछि प्रहरीले अनु शाही, शान्ति कुमाल लगायत ११ लाई पक्राउ गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार