logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रबि लामिछानेको विवाह धुमधामले सम्पन्न, यस्ता देखिए बेहुला हुदा (भिडियो सहित)


  • राजनीति
  • शनिबार, जेष्ठ ४ २०७६

पछिल्लो समय निकै चर्चित सञ्चारकर्मी रवि लामिछाने आज जेठ ३ गते विवाह बन्धनमा बाँधिएका छन् । पूर्व चलचित्र विकास बोर्डकी अध्यक्ष समेत रहेकी निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने शुक्रवार अौपचारिक रूपमा विवाह बन्धनमा बाँधिएका हुन् । केही महिना पहिले रवि निकिताले अदालती विवाह गरेका थिए । शुक्रवार नगरकोट स्थित होटेल मिष्टिक माउन्टेनमा घर परिवारका सदस्य र आफन्तजनको उपस्थितिमा धूमधामले विवाह सम्पन्न गरेका छन् । रविले विवाहमा परिवारका सदस्य र आफन्तजनलाइ मात्र बोलाएका थिए ।

रवि र निकिता दुबैको दोस्रो विवाह हो । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केही वर्षयता दुबै मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’ मा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । अपार्टमेन्टमा ओहोरो-दोहोरको क्रममा उनीहरु एकअर्कासँग नजिकिएको बताइन्छ । अदालती विवाह गरेको केही दिनमा नै निकिताले बोर्ड अध्यक्षबाट राजीनामा दिएकी थिइन् ।

‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका रविले निकितासँग अदालती विवाहपछि फेसबुकमा लामो स्टाटस लेख्दै विवाहको निर्णय यति छिटो गर्ने योजना नभए पनि आफूहरुप्रति मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो महशुस गरेर बैबाहिक जीवनमा बाँधिने निर्णयमा पुगेको बताएका थिए ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=MpRqlNzyfwU

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार