राजनीति
जनकपुर- जनकपुरमा जनप्रतिनिधिले नै व्यवसायीसँग निहुँ खोज्दै हातपात गरेको छ।उपमेयर रीता मिश्रकै सामुत्रे वडा नम्बर ७ का वडाअध्यक्ष जानकी राम साहले वडा नम्बर २ मा रहेको ग्रिन टेलर्सका सञ्चालकलाई कुटपिट गरेका हुन । जनप्रतिनिधिले व्यापारीलाई कुटेको भन्दै जनकपुर बजार तातेको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्रकै सामुत्रे एकजना वडाअध्यक्षले व्यापारीलाई हातपात गर्दै दादागिरी देखाएपछि बजार तातेको हो । फोहोरको विषयमा विवाद हुँदा वडाअध्यक्ष साहले हातपात गरेको बताइएको छ ।
उपमेयर मिश्रले ग्रिन टेलर्सका सञ्चालक असलमलाई पसल अगाडी किन फोहोर गरेको भन्दै प्रश्न गरेकी थिइन् । असलमले ‘पसलको फोहोर मैले झोलामा जम्मा गरेको भन्दै सफाइ कर्मचारीहरु हड्तलामा गएकोले सडकमा फोहोर थुप्रेको’ जबाफ फर्काएका थिए । यसै विषयमा विवाद हुँदा उपमेयर सँगै रहेका वडाअध्यक्ष साहले आफूमाथि हातपात गरेको ग्रिन टेलर्सका सञ्चालक असलमले बताए ।

यता उपमेयर मिश्रले वडाध्यक्ष साहले व्यवसायीलाई कुटपिट नगरी हातले धकेलेको मात्र दाबी गरिन् । उनले भनिन्– आन्दोलनरत्त सफाइ कर्मचारीहरुको हड्ताल तोड्न लगाएर हामीले फोहोरको उचित व्यवस्थापन गर्न पसल–पसलमा भन्न निस्केका थियौं । उनले थप्दै भनिन्– ग्रिन टेलर्स पुगेपछि उनले आक्रोशमा आएर कुरा गरे, मसँगै रहेको वडाध्यक्षले उनलाई सामान्य धक्का मात्र दिएको थियो । कुटपिट चाँही गरेनन् ।’ राम्रो काम गर्न खोजेपनि उल्टो भएको उनको भनाइ थियो ।