पोखरा- २५६३औ बुद्ध जयन्ति तथा बैशाख पुर्णीमाको अबसरमा आयोजित मोहोरिया मेला एवम भलिबल प्रतियोगिताको दोस्रो दिन चार खेल समपन्न भएको छ।संगम युवा क्लब ताल वेशी,राङरुङ तनहुँ, मुनलाइट युवा क्लव पास्ते,गोर्खा कालिका युवा क्लव खडा गाउँ, मिलिनियम फिरफिरे तनहुँ, देउराली युवा क्लव चार्पे र हिम दिश्य युवा क्लवले चिसपानी अर्को चरणमा प्रवेश गरेका छन।
पहिलो खेलमा संगम युवा क्लब ताल वेशीले रुपाताल तमु समाज सात मुहानेलाई २५-१६, २५-२४को सोझो सेटमा हराएको छ।यसै गरी दोस्रो खेलमा जिब्रे ढुङ्गा भरतपोखरीले राङरुङ तनहुँलाई ३०-२८,११-२५,२८- १८ को सेटमा जिते पनी जिब्रेढुङ्गाले नियम बिपरित वडा भन्दा बाहिरको खेलाडी समावेश गरेको भन्दै राङरुङ्गले हालेको पोटेस सहि हुन गई खेलबाट जिते पनि बाहिरिनु परेको थियो। तेस्रो खेलमा मुनलाइट युवा क्लव पास्तेले शान्तिदिप युवा क्लवलाई २५-८,२५-१४ को फराकिलो अन्तरमा पछी पार्दै अर्को चरणमा पुगेको छ।
यसै गरी चौथो खेलमा गोर्खा कालिका युवा क्लव खडा गाउँले मालती देवी युवा क्लवलाई २१-२५,२५-१५,२५-१६को अन्तरपार्दै अर्को चरणमा प्रवेश गरे।पाचौ खेलमा मिलिनियम फिरफिरे तनहुँले जनजाग्रित लालीगुरासँ खड गाउँलाई२५-१३,२१-२५,२५-१०को सेटमा बिजयी भए। छैटो खेलमा देउराली युवा क्लव चार्पेले शिवशक्ति युवा क्लव भ्यागुतेलाई २५-२१,२५-२०को सेटमा हराएका छन। हिम दिश्य युवा क्लवले चिसपानीले तमु हरियाली युवा क्लव थप्रेकलाई २५-१५,२५-११को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको क्लवका सचिव मोहन रानाले जानकारी दिएका छन।
सचिव रानाका अनुसार आज् अर्को चरणको खेलमा शान्तिदिप युवा क्लव माझकोट र धुर्वतारा युवा क्लव भिरचोक बीच पहिलो खेल हुनेछ ।त्यस लगतै दोस्रो खेल मुनलाइट र हिम दिश्य युवा क्लवले चिसपानी बीच हुने छ।तेस्रो खेल देउराली युवा क्लव चार्पे र स्याङ्जा वालिङ बुढाकोट बीच हुनेछ।चौथो खेल राङरुङ तनहुँ र मिलिनियम फिरफिरे तनहुँ बीच हुनेछ। यसै गरी पाचौँ खेल गोर्खा कालिका युवा क्लव खडा गाउँ र आयोजक सिदार्थ स्म्रिति क्लव बीच हुनेछ। यसै चरणको अन्तिम खेल ताप्राङ युवा क्लव र संगम युवा क्लब ताल वेशी बीच हुने सचिब रानाले बताए।
रुपा गाउँपालिका वार्ड न ०६ मोहोरियामा रहेको सिदार्थ युवा क्लवले आयोजना गरेको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको छ।मेलामा भलिबल तर्फ प्रथम पुरस्कार ४०,००० द्धितीय पुरस्कार २५,००० साथमा मेडल, शिल्ड र प्रमाण पत्र पदान गर्ने अध्यक्ष थापाले बताए।अनुसाशित टिम, उत्कृट खेलाडी, लिफटर, स्पाईकर को लागी पनि पुरस्कारको ब्यवस्था गरिएको छ।
मेलामा मनोरन्जनको लागी लोपन्मुख कौडा र घाटु नाच प्रस्तुत गरिने छ उनले भने “मेलामा आउने आन्तरिक पर्यटक एव बाह्य पर्यटकको लागी गाउँमै होमस्टेको व्यवस्था पनि रहेको छ।”




