logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गाउँपालिकाका अध्यक्ष गोइतको घरमा मध्य रातमा प्रेसर कुकर बम बिस्फोट ,गोइत घाइते


  • राजनीति
  • आइतबार, जेष्ठ ५ २०७६

सप्तरी – बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा मध्य रातमा प्रेसर कुकर बम बिस्फोट भएको छ।

शुक्रवार मध्यराती अज्ञात समूहले गराएको बम बिस्फोटले अध्यक्ष गोइतका काका ६२ वर्षीय श्यामानन्द गोइत घाइते भएका छन् ।मोटरसाइकलमा आएका अज्ञात व्यक्तिद्वारा गराइएको विस्फोटमा बमको छर्रा लागेर गोइत समान्य घाइते भएका छन् ।

कुर्सी, दराज लगायत फर्निचरका सामानमा सामान्य क्षति पुगेको छ । त्रास फैल्याउन गराइएको घटनाको भर्त्सना गर्दै अध्यक्ष गोइतले संलग्नलाई कानुनी दायरामा ल्याई काराबाही गर्नुपर्ने बताएका छन् ।घटनास्थल पुगेका प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र बिष्टका अनुसार संलग्नको खोजी भइरहेको छ ।

यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बम बिष्फोटको जिम्मेबारी लिदै गाउँपालिकाका अध्यक्ष भ्रष्ट भएकाले चेतावनी स्वरुप बम बिष्फोट गराइएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार