logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लुकाएर ल्याइएको २९ लाख नागढुंगा नाकाबाट समातियो


  • राजनीति
  • आइतबार, जेष्ठ ५ २०७६

काठमाडौ महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रण लिएको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका–१० घर भएका २८ वर्षीय रविन्द्र राय रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानबहादुर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरी नगरपालिका नागढुंगास्थित जनकपुरबाट काठमाण्डौँ आउँदै गरेको ना८ख १८०९ नम्बरको सार्वजनिक यात्रुबाहक बसबाट स्रोत नखुलेको २९ लाख ९८ हजार रुपैयाँसहित रायलाई नियन्त्रण लिएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी कुमार बिक्रम थापाले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा रायलाई अवैध रकमसहित पक्राउ गरिएको जानकारी दिए ।

रायले बोकेको कालो रंगको झोलाभित्र १,००० दरको नोट २,२९८ थान र ५०० दरको १४०० थान गरी जम्मा नगद २९,९८,००० रुपैयाँ भेटिएको डीएसपी थापाले बताए ।

अवैध रुपमा स्रोत नखुलेको रकमहरु लुकाईछिपाई ओसारपसार गरी ल्याएका रायलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार