logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एआईजी चन्द र डिआइजी सिंहको घरमा चोरी डाँका समात्न गोली चल्यो


  • राजनीति
  • सोमबार, जेष्ठ ६ २०७६

राजधानी काठमाडौँको टोखा नगरपालिकामा सोमबार बिहान गोली चलेको छ । काले भन्ने ३३ वर्षीय खुङखार डाँका विष्णु तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

तामाङले पछिल्लो समय ७ वटा ठूला चोरी काण्ड घटाएको आरोपमा अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएको र उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

सिन्धुपाल्चोक मेलम्ची घर भएका घुँडामूनी गोली लागेको तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

तामाङ पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगी २०७२ सालमा छुटेका थिए ।

सुजन पन्तले रातोपाटीमा लेखेकाछन

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार