logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सर्पको टोकाइबाट एक बालकको ज्यान गयो


  • राजनीति
  • सोमबार, जेष्ठ ६ २०७६

पर्सा- पर्सामा सोमबार सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा टोल बस्ने सुरेश साहका छोरा १२ बर्षिय सागर साहको सर्पले टोक्दा ज्यान गएको हो।

आफनै घरमा खेलिरहेको अवस्थामा बालक सागरलाइ बिषालु सर्पले टोकेको थियो।

सर्पको टोकाइबाट घाईते भएका बालकको उपचारको लागि बिरगञ्ज ल्याउदै गर्दा बाटोमा नै ज्यान गएको छ।

सर्पले टोकेपछि समयमै नभइ ढिलो गरेर अस्पतालमा उपचारको लागि ल्याइएकोले बालकको बाटोमा नै ज्यान गएको नारायणी अस्पतालका चिकित्सकले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार