राजनीति
बालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका एक किशोर मेडिकल चेक जाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका छन ।
महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट फरार भएको पुष्टि गरे ।
डीएसपी प्रसाईंका अनुसार जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका हुन् ।
अनुसन्धानमा रहेका २ मध्ये श्रेष्ठ बुधबार राती साँढे १० बजे फरार भएको प्रहरीले जनाएको छ । ‘दुर्व्यवहारमा पक्राउ परेका दुई मध्ये एक व्यक्ति फरार छन् । हामीले खोजी रहेका छौं,’ डीएसपी प्रसाईंले भने ।
श्रेष्ठ महानगरीय प्रहरी बृत महाराजगन्जको थुनुवा कक्षमा थिए । फरार श्रेष्ठको खोजी भइरहेको डीएसपी प्रसाईंले जानकारी दिए ।