logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँ घुम्तीमा बेवारिसे शव भेटियो


  • राजनीति
  • बुधबार, जेष्ठ ८ २०७६

तनहुँ – तनहुँमा एक बेवारिसे शव फेला परेको छ। म्याग्दे गाउँपालिका–४ घुम्तीमा नाम, वतन नखुलेको पुरुषको शव फेला परेको हो। घुम्तीको खेतमा पानी लगिएको नहरबाट वेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार करिब ३५४० वर्षीय पुरुषको शव मंगलबार साँझ खेतबाट निकालिएको छ। ‘उनको बारेमा केही पनि नखुलेकाले मारेर फालिएको हो वा मापसे गरेको अवस्थामा पानी परेर बढेको नालामा परेर मरेको भन्ने यकिन गर्न सकिएको छैन,’ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले भने, ‘पानीमा फुलेको र सडेको अवस्थामा रहेको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ, उनको पहिचानका लागि विभिन्न प्रहरी कार्यालयमार्फत सूचना गरिएको छ।’

‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे पाँचथर सामुहिक हत्याकाण्ड

 

पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो ।

विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ । उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । त्यसको २६ वर्षपछि आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको हो ।

टिम्बुरे हत्याकण्डमा कुवेर दुलाल, कुवेरकी श्रीमती सरसस्वती रिजाल, छोरी कृष्ण दुलाल, छोरा उमेश र उद्वव दुलाल गरी (पाँच जना) को ज्यान गएको थियो । लुङरुपा–९ का कुवेर दुलाललाई छिमेकी नाँगीन गाविस वडा नं ३ सेजेपामा र उनकी श्रीमती सरस्वतीसँगै छोराछोरी कृष्ण, उमेश र उद्ववलाई घरैमा एकसाथ खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

उक्त घटनामा छोरी ज्ञानु र मनु बाँचेका थिए । मनुको भने विसं २०७३ मा अमेरिकामा हृदयघातका कारण निधन भएको थियो । ज्ञानु अहिले अमेरिकामा छन् ।

बाबुआमा र भाइबहिनीको हत्या भएका बखत मनु नाँगीनको पिपलबोटे उच्च माविमा पढ्दै गरेको र ज्ञानु इटहरीस्थित आफन्तको घर गएकी थिइन् । दुलाल परिवारको पनि खुकुरीले काटेर हत्या भएको थियो । परिवारभित्रै आपसी लेनदेन र राजनीतिक विषयमा विवाद भएपछि उनीहरुको हत्या भएकाले सो हत्याकाण्ड टिम्बुरे हत्याकाण्ड भनेर चर्चित छ ।

आरुबोटे हत्याकाण्ड

आरुबोटे हत्याकाण्डमा दुई परिवारको सोमबार राति खुकुरीले धेरै पटक हानेर विभत्स हत्या भएको थियो । पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दुई परिवारका आठ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको हो ।

७५ वर्षीय बमबहादुर फियाकको घरमा आई निजकै श्रीमती ७५ वर्षीया पुर्चीमाया फियाक, छोरी वर्ष ३५ की मनकुमारी फियाक, मृतक बमबहादुर फियाककी नातिनी वर्ष १० की आसिकाकुमारी खजुमलाई पालैपालो धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।

यसैगरी सोही स्थान बस्ने ३४ वर्षीय धनराज शेर्मा, निजकी श्रीमती वर्ष ३५ की जस्मिता फियाक शेर्मा, छोरी १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र छ वर्षीया इच्छा शेर्मासमेतको हत्या गरेको कुँवरको भनाइ छ ।

हत्याको अनुसन्धान जारी

आरुबोटे हत्याकाण्डमा हत्या भएका मृतकको शव परीक्षणका लागि विपी कोइराला प्रतिष्ठान लगिएको रवि इलाका प्रहरी चौकीका प्रहरी निरीक्षक तेजनारायण यादवले बताए ।

यादवका अनुसार काठमाडौँबाट आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिवीआई)को विशेष टोलीले घटनाको आज पनि अनुसन्धान जारी रहेको बताउनुभएको छ । मङ्गलबार हत्या भएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ । हत्या माखिमले नै गरेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

हत्या भएको करीब पाँच किलोमिटरको दूरीमा उक्त शव फेला परेको प्रहरी निरीक्षक यादवको भनाइ छ । शव झुण्डिएको स्थानको दुई किलोमिटर अगाडि एउटा झोला भेटिएको छ । उक्त झोलामा रगतले लतपतिएको कपडा र रगतले लतपतिएको एक थान खुकुरीसमेत फेला परेको यादवको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार