logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

म्याग्दीमा १५ बर्षिय किशोरी पिसाव फेर्न जादाँ भइन सामुहिक बलात्कारको शिकार,तीन युवा प्रकाउ


  • राजनीति
  • बिहिबार, जेष्ठ ९ २०७६

म्याग्दी-  प्रहरीले १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका–५ का वर्ष २६ को कृष्ण विक, सोही ठाउँका वर्ष २१ का विकास किसान र वर्ष १९ का प्रेम किसान रहेका छन् ।

जेठ ७ गते मध्यरातमा पिसाब गर्न भनी घर नजिकैको शौचालयमा जाँदा नाम परिवर्तन (सीता) सामूहिक बलात्कारको सिकार भएकी थिइन् ।उनीहरुले एक्कासी सीतालाई करणी गर्न दे नत्र मारिदिने भन्दै धाकधम्की देखाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको म्याग्दीका सूचना अधिकारी (इन्सपेक्टर) लक्ष्मण देवकोटाले जानकारी दिए ।

जंगलमा लगी बलजफत गरी चिच्याउन हारगुहार गर्न नदिई मुख थुनी पालैपालो सामूहिक बलात्कार गरेको बताइएको छ ।

सामूहिक जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनीहरुलाई लुकिछिपी बागलुङ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको इन्सपेक्टर देवकोटाले बताए ।

पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणी मुद्दामा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट हिरासतमा राख्नको लागि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार