पोखरा- लाखौं नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई त्रिभुवन विमानस्थल प्रहरीले पक्राउ गरेको छ।
कतारबाट आएका २ जना पाकिस्तानी नागरिकलाई लिन गएका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अहिले उनीबाट बरामद रकमको मुचुल्का गरिने काम भइरहेको प्रहरीले जनाएको छ।
कतारबाट आएका २ जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए।
युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए।पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो।
उनी यसअघि पनि पटक-पटक नक्कली भारु र लागू पदार्थ कारोबारमा दोषी ठहर भइ सजाय पाएका व्यक्ति हुन्। केही समयअघि मात्र जेलबाट छुट्नासाथ उनी पाकिस्तान पुगेका थिए। उनी पूर्वमन्त्री सलीम मियाँ अन्सारीका पुत्र हुन्।
केन्द्रीय कारागारमा रहँदा उनलाइ भारतीय अपराधिक समूह भारतीय नागरिक जसजीत सिंहले गोली हानी हत्या गर्न खोजेको थियो।
केही समय उनले नेशनल टेलिभिजन नामक टिभी च्यानल सञ्चालन गरेका थिए।
अन्सारीकी बहिनी उषाकिरण अन्सारी एकीकृत माओवादीतर्फबाट समानुपातिक सभासद छिन् ।