राजनीति
पोखरा- स्थानीयवासीले कञ्चनपुरको पुनर्वासमा प्रहरी चौकीमा आगजनी गरेका छन्।केटी विवादको विषय उचालेर उक्त घटना घटेको हो।
बिहीबार पुनर्वास नगरपालिका ३ बस्ने रेनु तामाङकी १४ वर्षीया छोरी पुष्पा तामाङलाई सोही नगर ११, अमरबस्ती बस्ने १७ वर्षीय रोशन विकले भगाएको घटनाले उग्र रुप लिदा यो घटना घटेको बताइेको छ।
स्थानीय प्रहरी चोकीमा केटी पक्षले उजुरी गरेपछि प्रहरीले केटा र केटी दुवै जनालाई चौकीमा ल्याई आफन्तको जिम्मा लगाउन खोजे पनि केटा पक्षले जबर्जस्ती जिम्मा लगाउन खोजेको भन्दै विवाद बढाएका थिए।
प्रहरीले दिएको जानकारीअनुसार सोही विवादमा पुनर्वास नगर ११ नं। वडाका वडाध्यक्ष तुलसी अर्यालको टाउकोमा सामान्य चोट लागेको छ।
उनलाई प्रहरीले तत्कालै उपचारका लागि धनगढी पठाए पनि राति १० बजे करिब ३ सय स्थानीयले प्रहरी चौकीमा आगजनी गरेका हुन्।
पुष्पा तामाङले केटालाई छोड्न नमानेपछि केटा पक्षले चौकीमा विवाद गरेका थिए। त्यसकै निहुँमा भएको विवादमा वडाध्यक्ष अर्याल पनि सहभागी रहेको खुलेको छ। स्थानीयले प्रहरी चौकीको गेटमा आगजनी गरेको प्रहरीले बताएको छ।
त्यसलगत्तै धनगढी, त्रिभुवनबस्तीलगायतबाट प्रहरीको टोली घटनास्थल जान खोज्दा स्थानीयले अवरोध गरेको बताएको छ। वडाध्यक्ष अर्याल भने डिस्चार्ज भइसकेका छन्। तर स्थानीयले भने धनगढी त्रिभुवनबस्ती चल्ने बाटो अवरोध गरेका छन्।