logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गोरखाको सिरानचोक चिउरे भीरमा टिपर दुर्घटना चालकको मृत्यु सहचालक बेपत्ता


  • राजनीति
  • आइतबार, जेष्ठ १२ २०७६

गोरखा- गोरखाको सिरानचोक गाउँपालिका ७ श्रीनाथकोट चिउरेभीरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार राति भएको दुर्घटनामा चालक भालुस्वाँराका २० बर्षिय सुमन खड्काको मृत्यु भएको हो। बा ५ ख १९८२ नम्बरको टिपर सडकबाट दरौंदी नदीमा खसेको थियो। टिपरका सहचालक बेपत्ता छन्। उनको नाम खुलेको छैन। प्रहरीले उनको खोजी गरिराखेको छ।

टिपर दुर्घटनामा परेर स्थानीय जनक गुरुङ घाइते पनि घाइते छन्। उनलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

पाल्पामा दुखद घटना १६ महिनाकी बालिकाको जिपले किचेर मृत्यु

बुटवल – पाल्पामा सडकमा खेलिरहेकी १६ महिनाकी एक बालिकाको गएराती जिपले किचेर मृत्यु भएको छ ।

निस्दी गाउँपालिका–१ डमरास्थित रीता पौड्यालकी १६ महिनाकी छोरी रितीका पौड्याललाई रामपुरबाट बाकमलाङ्गतर्फ जाँदै गरेको लु १ ज २४४४ नम्बरको जिपले सडक मै किचेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएका प्रहरी निरीक्षक भुपालसिंह रानाको नेतृत्वको टोलीले तत्काल चालक र जिपलाई नियन्त्रणमा लिएको थियो ।

पोखरा फेवातालमा डुब्नै लाग्दा एपिएफले उद्दार गरे १३ पर्यटक

पोखरा- आजकल पोखरामा दिनहुँ साझँ ३ बजे पछी हावापानीले पोखराको जनजीवन प्रभावित नै बनेको छ। पोखरा महानगरपालिका–६ स्थित फेवातालबाट एपीएफ टोलीले १३ जना पर्यटकको सकुशल उद्वार गरेको छ ।

सो तालमा दुई वटा डुङ्गामा बोटीङ गरिरहेका नेपाली र भारतीय नागरीक गरी १३ जना व्यक्तीहरु सवार डुङ्गामा हावाहुरी र बर्षाको कारण पानी पसेर डुङ्गा डुब्न लागेको अवस्थामा एपीएफ टोलीले उद्दार गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल गण हे क्वा कास्की नम्वर २४ गणबाट फेवाताल रेस्क्यु टावरमा खटीएको सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र बिष्टको कमाण्डको एपीएफ टोलीले तत्कालै उनीहरुलाई उद्वार गरेको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार