पोखरा- प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। सरुवा सूची अनुसार एसपी दानबहादुर कार्की कास्कीमा सरुवा भएका छन्। भने कास्कीका ओम बहादुर राना प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार प्रसार शाखा नक्साल काठमाण्डौ मा सरुवा भएका । एसपी रमेश थापा प्रहरीको आतंकवाद नियन्त्रण महाशाखा (विशेष ब्युरो) नक्सालमा सरुवा भएका छन्। सोमेन्द्रसिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका छन्।
अर्का , दानबहादुर मल्ल चितवन, जयराज सापकोटा काभ्रे, उमा चर्तुवेदी सिरहा, विश्व पोखरेल मोरङ, सविन प्रधान भक्तपुर, सिद्धिविक्रम शाह अपराध अनुसन्धान विभागमा सरुवा भएका छन्।
त्यसैगरी सुदर्शनप्रसाद कोइराला धनकुटा (जिप्रका), सुदीप गिरी कैलाली, सुदीप राजभण्डारी प्रदेश १ का सशस्त्र प्रहरी गण, सुरेन्द्रप्रसाद मैनाली कल्याण महाशाखा, सुरेन्द्रबहादुर गुरुङ अपराध अनुसन्धान विभाग, सुशीलसिंह राठौर महानगरीय अपराध महाशाखा, हिमालयकुमार श्रेष्ठ अपराध अनुसन्धान विद्यालय, महाराजगञ्ज, हरिबहादुर पाण्डे इलाम सरुवा भएका छन्।