राजनीति
तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ मुसेखोलामा सोमबार बिहान फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ ।
उक्त क्षेत्रमा शङ्कास्पद वस्तु देखिएपछि जनजीवनमा असर परेको थियो । सेनाले वस्तु निस्कृय पारेपछि यातायात चालु भएको छ । यातायात समान्य रुपले चलेका छन् ।
नेत्र विक्रम चन्द विप्लव समूहको बन्द आव्हानको प्रभाव भने परेको छ । शैक्षिक संस्था ठप्प भएका छन् ।
पोखरा कास्कीमा एकै पटक ५ ठाउँमा बम फेला ! सिर्जना चोकमा डिस्पोज…..

पोखरा- पोखरा सहित कास्कीका विभिन्न ठाउँहरुमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको सिर्जनाचोक नजिक एनसेल कार्यालय, नयाँबजार र न्यूरोडको बीचमा रहेको आईडिया केजलको गेट, अन्नपूर्ण गाउँपालिकाको नाउँडाँडा सहित माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक र अन्नपूर्ण गाउँपालिका स्थित नयाँपुल नजिक धोतिखोला पुलमा शंकास्पद बस्तु भेटिएको छ ।
सिर्जनाचोकको बम डिस्पोज भैसकेको छ भने नयाँबजार र नाउँडाँडामा पनि डिस्पोजको तयारी छ । चौतर्फी रुपमा शंकास्पद बस्तु भेटिएपछि पोखरा र कास्कीका नागरिक निकै त्रसित छन् ।