logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उपसभामुखका अंगरक्षकमाथि यौन प्रस्ताव राख्दा स्वकीय सचिवको पद चैट ! यी हुन हेर्नुस


  • राजनीति
  • मंगलबार, जेष्ठ १४ २०७६

धनगढी- अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव बर्खास्त भएका छन्। सुदूरपश्चिम प्रदेशमा उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको हो।

केही दिन पहिले स्वकीय सचिव भट्टले महिला प्रहरीलाई यौन प्रस्ताव गरेको खबर बाहिर आएको थियो। स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेको भन्दै तीब्र आलोचना भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको उपसभामुखको सचिवालयले जनाएको छ। बिगतमा पनि उपसभामुखका अंगरक्षकलाई उनले यौन प्रस्ताब राख्ने गरेको स्रोतले बताएको छ।
स्वकीय सचिवकै हर्कतबाट हरेक दुई महिनामा अंगरक्षक फेरिने गरेको स्रोतको दाबी छ। पछिल्लो पटक अंगरक्षक फेरिएलगत्तै यौन प्रस्ताव गरेको खबर बाहिर आएको थियो। सुदूरपश्चिम प्रदेश नेकपाका सह इञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मणदत्त जोशी सहितका नेकपाका नेताहरूको निर्देशनमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको बताइएको छ।

 

स्थानीय तहमा १५ हजार कर्मचारी माग : बुधबार विज्ञापन खुलाउँदै लोकसेवा आयोग

सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो ।  मन्त्रालयको प्रस्तावअनुसार लोकसेवाले आगामी १५ जेठदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको छ । लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । नवौँ तहका अप्राविधिक–प्राविधिक पदको खुला प्रतिस्पर्धाको परीक्षा भदौमा लिने र असोजमा नतिजा प्रकाशित हुने लोकसेवाले जनाएको छ । अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ ।

त्यस्तै, छैटौँ तहका अप्राविधिक पदको पदपूर्ति दुई चरणमा हुने कार्यतालिका छ । पहिलो चरणको परीक्षा साउनमा लिएर सोही महिना नतिजा सार्वजनिक गर्नेछ । दोस्रो चरणको परीक्षा भने भदौ–असोजमा लिई असोज–कात्तिकमा नतिजा आउनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा हुनेछ । छैटौँ तहकै प्राविधिक पदको परीक्षा पनि दुई चरणमा गर्ने कार्यतालिका छ । पहिलो चरणको परीक्षा र नतिजा साउनमै हुनेछ भने दोस्रो चरणको परीक्षा भदौ–असोजमा भएर नतिजा कात्तिकमा प्रकाशित हुनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा गर्ने लोकसेवाको तयारी छ ।

कुन प्रदेशमा कति कर्मचारी माग ?

पाँचौँ तहको अप्राविधिक पदमा पहिलो चरणको परीक्षा र नतिजा साउनमा हुनेछ । दोस्रो चरणको परीक्षा भदौ–असोजमा भई नतिजा असोज–कात्तिकमा आउनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस भने असोज–कात्तिकमा आउनेछ । पाँचौँ तहका प्राविधिक पदको पदपूर्ति खुलाबाटै हुनेछ । यसको परीक्षा साउन–भदौमा भई भदौमा नतिजा आउने तथा अन्तर्वार्ता र सिफारिस भदौ–असोजमा हुनेछ ।

चौथो तहका अप्राविधिक पदको पदपूर्ति खुलाबाट दुई चरणमा हुनेछ । पहिलो चरणको परीक्षा साउनमा गरेर साउनमै नतिजा प्रकाशित गर्ने लोकसेवाको तयारी छ । दोस्रो चरणको भने परीक्षा भदौ–असोजमा भई नतिजा असोज–कात्तिकमा आउनेछ । यस तहको अन्तर्वार्ता र सिफारिस असोज–कात्तिकमै गर्ने लोकसेवाले जनाएको छ ।

त्यस्तै, चौथो तहका प्राविधिक पदको पदपूर्ति पनि खुलाबाटै हुनेछ । परीक्षा साउन–भदौमा लिएर नतिजा भदौमा आउनेछ । अन्तर्वार्ता र सिफारिस भदौ–असोजमै गर्ने कार्यतालिका लोकसेवाको छ । महिला विकासतर्फका पदको हकमा विज्ञापनमा उल्लेख भएअनुसार हुने लोकसेवाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार