राजनीति
स्याङ्जा – पुतलीबजारमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
मंगलबार दिउसो पोखराबाट बुटवल जाँदै गरेको ना ४ ख २३२२ नम्बरको यात्रुवाहक बसले पुतलीबजार नगरपालिका–१ स्थित बजारमा ७३ वर्षीय बृद्धलाई ठक्कर दिँदा ज्यान गएको छ ।
पुतलीबजार–१३ लाम्पाटाका पूजा भन्ने मनबहादुर दमैलाई बसले ठक्कर दिएको हो । त्यसपछि उनलाई जिल्ला अस्पताल स्याङ्जा लगियो । स्याङ्जाबाट रिफर गरी गण्डकी मेडिकल अस्पताल पुर्याइएकाे थियो । अस्पतालमा उपचारका क्रममा बृद्धको मृत्यु भएको हो ।चालक चन्द्रबहादुर राना र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक विजयकुमार सिंहले जानकारी दिए ।
स्याङ्जाको आँधीखोलामा माछा मार्न गएकी ६ वर्षीया गुरुङ खोलाले बगाउँदा मृत्यु
स्याङ्जा – स्याङ्जाको वालिङस्थित आँधीखोलामा माछा मार्न गएकी एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।
वालिङ नगरपालिका–२ का ६ वर्षीया आयुष्मा गुरुङको मंगलबार मृत्यु भएको हो ।
आयुष्मा आफ्नी आमाको साथमा माछा मार्न खोलामा गएकी थिइन् । खोलाले बगाएको केही बेरमा उनको स्थानीयले उद्धार गरेर अस्पताल पुर्याए पनि उपचारको क्रममा वालिङ अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुन एउटा यस्तो धातु हो जुन निकै महँगो र महत्वपूर्ण रुपमा लिईन्छ। पहिले पहिले सुन भने पछि निकै महत्वपूर्ण गहनाको रुपमा हेरिन्थ्यो । आजभोली पनि यसको महत्व उस्तै छ । पार्टी,विवाह देखि विभिन्न काम कार्यमा शुभकार्यमा गहनाको रुपमा लगाउने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर्यमण्डलमा भएका ग्रहहरुको प्रभावका कारण हामीमाथि प्रत्येक धातुले आफ्नै किसिमको प्रभाव पार्छ । ज्योतिषीहरुले सुन लगाएर ग्रालाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने विषयमा सुझाव दिएका छन् ।
यदी तपाई आफ्नो जीवन सजाउन चाहनुुहन्छ भन्ने सुन लगाउने र राख्ने सही विधि जानीराख्नुस:
ज्योतिषशास्त्रअनुसार बायाँ हातमा सुन लगाउनु उचित होइन । बाँया हातमा सुन लगाउदा दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ । साथै सुन हराउनु वा भेट्टाउनु अशुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्ने मान्यता छ । यदी तपाई दाम्पत्य जीवन खुसी बनाउन चाहनुहुन्छ घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् । ज्योतिषशास्त्रअनुसार यसलाई शुभ मानिन्छ । तर गर्भवती र वृद्धा महिलाले सुनका गरगहना थोरै लगाउनु राम्रो मानिन्छ भने धेरै सुन लगाउनु अशुभ मानिन्छ । सन्तान प्राप्तिका लागि अनामिका औंला (साहिँली) मा सुन लगाउनु शुभ मानिन्छ ।
साथै, खुट्टामा सुन लगाउनु राम्रो मानिदैन । यसले दाम्पत्य जीवनमा नराम्रो प्रभाव पार्ने गरिन्छ । घरमा सुन राख्दा केसर राखी रातो वा पहेंलो कपडामा बाँधेर घरको उत्तर पूर्वमा राख्नु शुभ मानिन्छ । सुन दान गर्दा ब्राह्मण पुजारी वा गुरुलाई दिनु शुभ हुन्छ । फलाम, कोइला वा शनिसँग सम्बन्धित धातुको काम गर्नेहरूले सुन लगाउनु अशुभ मानिन्छ। यदी लगाउनै परेमा ज्योतिषसँग सल्लाह गरि लगाउदा राम्रो हुन्छ।
सुनले ऊर्जा र गर्मी दुवै उत्पन्न गर्छ । सुनपानी पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । त्यसैले कान्छी औंलामा सुन लगाउनु लाभदायक मानिन्छ । कम्मरमा सुन धारण गर्दा पाचन तन्त्रमा समस्या आउने मान्यता छ । मोटोपनको समस्या भएका र रिसाहा मानिसले सुन धारण गर्नु उचित मानिँदैन । अत: सुन कहिल्यै पनि अपवित्र नहुने मान्यता छ।