राजनीति
दुई अभियुक्त भाग्न खोजेपछि गोली हानेर नियन्त्रणमा लिएको छ।पर्सा प्रहरीले अपहरणपछि बालकको हत्या गरेको स्थान र शव सनाखतका लागि लगेका अभियुक्त भाग्न खोजेपछि गोली चलाएको हो।
प्रहरीले जेठ १० मा अपहरित पर्साका एक बालकको हत्यामा संलग्न भारतीय नागरिक विकास शर्मा र बाराका सिकिन्दरको घुँडामा गोली हानेर नियन्त्रणमा लिएको हो।
उनीहरुको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको प्रद्रेश प्रहरी प्रमुख डिआईजी हरिबहादुुर पालले बताएका छन ।
वीरगन्ज महानगरपालिका–३ प्रगति नगर निवासी शम्भु साहका ८ वर्षीय छोरा करण साहको उनकै छिमेकी विकासले अपहरण गरेका थिए।
विकास, सिकिन्दर र राम दिनेश महतोले बालकलाई अपहरणपछि बाराको खप्पर टाटा लगेर हत्या गरेका थिए। अपहरण गरेको तीन घण्टामै बालकको हत्या गरेको यो समुहले त्यसअघि बालकको अडियो रेकर्ड गरेको थियो।
अपहरणपछि त्यही रेकर्ड सुनाएर शम्भु साहसँग सुरुमा ५० लाखबाट फिरौतीको बार्गेनिङ सुरु भएको थियो।
पर्सा प्रहरीलाई शुक्रबार रातीमात्र परिवारले जानकारी दिएको थियो। प्रहरीले प्राविधीक कठिनाईका कारण सोमबारदेखि मात्र काम सुरु गरेको थियो। मंगलबार तीनैजनालाई नियन्त्रणमा लिएपछि बालकको हत्या भएको खुलेको थियो।