logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पर्वत फलेवासकी २१ वर्षीया युवती चार दिनदेखि बेपत्ता


  • राजनीति
  • बुधबार, जेष्ठ १५ २०७६

पर्वत – पर्वतको फलेवास नगरपालिका–२ शङ्करपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् ।

स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन् ।

उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताए ।

६ महीनादेखि शङ्करपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालीम गरिरहेकी मनिषा तालीममा जान घरबाट निस्किएकी थिइन् ।

तर, घर नफर्किएको र आफन्तको सम्पर्कमा समेत नरहेपछि खोजी शुरु गर्न प्रहरीमा जाहेरी दिएको दीपेन्द्रले बताए ।

चितवन माइती भएकी मनिषाले दुई वर्षअघि विवाह गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पर्कविहीन रहेकी मनिषाको खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले जिल्लाका सबै प्रहरी युनिटसहित छिमेकी जिल्लाका प्रहरी कार्यालयमा पनि फोटोसहित खोजीकार्यका लागि सूचना पठाइएको जानकारी दिए ।

एक्कासि महिला बेपत्ता भएपछि परिवारका सदस्य चिन्तित बनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार