logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बेलायतमा आगलागीबाट नेपाली महिला गुरुङको मृत्यु


  • राजनीति
  • बुधबार, जेष्ठ १५ २०७६

लण्डन – आगलागीमा परी बेलायतमा एक नेपाली महिलाको मृत्यु भएको छ। साउथ ईस्ट लण्डनको अर्पिङटन भन्ने ठाउँमा बस्दै आएकी ४५ वर्षीया रञ्जना गुरुङको ज्यान आगलागीबाट मृत्यु भएको हो।

बेलायती अखबार द सनका अनुसार सोमबार राति भएको आगलागीमा परेर मृतकका श्रीमान् र दुई छोराछोरी घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचारत भइरहेको छ।श्रीमान् हिम गुरुङको अवस्था चिन्ताजनक रहेको तर १० वर्षीया छोरी एञ्जल र १७ वर्षका छोरा एलन भने खतरामुक्त रहेको अस्पतालले जनाइएको छ।

अहिलेसम्म आगलागीबारे खुलेको छैन। बेलायती प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।राति करिब ११ बजेको समयमा हेल्प हेल्प भन्दै मृतक रञ्जनाका श्रीमान् र छोराछोरी चिच्याएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

त्यसको केही मिनेटभित्रै अग्नी नियन्त्रकसहित प्रहरीको टोली आइपुगेको थियो।१ घण्टा १५ मिनेटभित्र आगो नियन्त्रणमा लिइएको भएपनि त्यतिञ्जेल रञ्जनाको मृत्यु भइसकेको थियो। घरको भुइतला, पहिलो तला र सिंढीको भाग जलेको छ।

मृतक रञ्जना स्थानीय एक अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन्। उनी विगत १८ वर्षदेखि श्रीमानसँगै बेलायतमा बस्दै आएकी थिइन्।आगलागी भएको उक्त घरमा गुरुङ परिवार विगत ९ वर्षदेखि बस्दै आएको छिमेकीले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार