logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

“जहाँ प्रम ओली त्यहाँ प्रतिबन्द” बिप्लवको पकड क्षेत्र पोखरामा ओली ! सडकै भरि प्रहरी तैनाथ


  • आश तमु
  • शनिबार, जेष्ठ १८ २०७६

आश तमु, पोखरा- सरकारले नेकपालाई प्रतिवन्द लगाए लगतै विप्लव नेकपाले पनि जहाँ ओली त्यहाँ प्रतिवन्द नै घोषणा गरेका थिए। सरकारले विप्लव नेकपा माथि प्रतिवन्ध लगाए लगतै प्रहरीले विप्लवका कार्यकर्ता माथी व्यापक धरपकड र मुद्दा दायर गरेका छन।

यस लगतै आक्रोशित विप्लव नेकपाले सघर्षका कार्यक्रमहरु गर्दै आइरहेका छन। यस बीच दुई पटक नेपाल बन्द ,मन्त्री केन्द्रित आक्रमण समेत भएका थिए।जहाँ ओली त्यहाँ प्रतिबन्द जस्ता कार्यक्रम घोषणा गरेका विप्लव नेकपाको त्रास अझै पनि सुरक्षा निकायमा परेको देखिन्छ।जसको उदाहरण जेष्ठ १३ बन्द अघिको काठमाण्डौ मा भएको श्ङखलाबद्द बम बिष्फोटको उदाहरण लिन सकिन्छ।जसमा चार जनाले ज्यान गुमाए भए दर्जन बढी घाइते भए।

नेपालको शुरक्षा निकायले अलिकति पनि ह्याउ पाउन सकेन ।सुरक्षा निकाय यस्तो घटना हुने पुर्व जानकारीबाट चुक्यो।यसै बीच गण्डकी प्रदेशको सुगम राजधानी कास्कीको पोखरा जहाँ विप्लव नेकपाको गति बिधि शसक्त भएको मानिन्छ।

यसै बीच प्रधानमन्त्री ओली आज शनिवार पोखरा आउदै छन।स्काउटले आयोजना गरेको पहिलो राष्ट्रिय मुट र स्व मन्त्री रबिन्द्र अधिकारीको स्म्रितिमा स्थापना गरिएको रविन्द्र अधिकारी स्म्रिति प्रतिष्ठानको औपचारिक घोषणा कार्यक्रममा सहभागि हुदै छन। यसै गरी प्रम ओलीली मापदण्डअनुसार नरहेको भवन पनि उद्घाटन गर्ने छन। अख्तियारले डामेका ब्यक्ति डा भरत पहारीको लगानीमा निर्मित  Swiss International Hotel Sarowar  होटेलको उद्घाटन सरकार प्रमुखबाट गराएर कानुनी राज माथी धज्जी उडाउन खोजिएको अगुवाहरुले आरोप लगाएका छन।

प्रधानमन्त्रीको बेला बखत हुने पोखरा आगमनले यदपी बिकास अनि पर्यटनको प्रचारप्रसार पनि हुने नै छ तर बिप्लव नेकपाको सुरक्षा चुनौतिले भने सुरक्षा निकायलाई टाउको दुखाईको बिषय बनेको छ ।

जेष्ठ १३ गतेको नेपालबन्दको दिनमा मात्रै दर्जनौ स्थानमा भेटिएको शंकास्पद बस्तु र प्रेसरकुकर बमको त्रासमा रहेको सुरक्षा निकाय प्रम ओलीको पोखरा आगमनले झनै टाउको दुखाई बनेको छ। कास्की प्रहरी विप्लव नेकपाका जिल्लाका उच्च नेताहरु प्रकन असफल भएको बेला प्रहरीलाई भने त्रास नै छ,बिप्लवको।सामान्य कार्यकर्तालाई प्रकदै रिहा गर्दै गरेको कास्की प्रहरी कुनै पनि सुरक्षा नितिमा कमजोरे गर्न देखिदैन।प्रम ओलीको पोखरा आगमन हुने अघिल्लो दिन देखि नै कास्की प्रहरी र प्रदेश प्रहरीले कास्की पोखराको सुरक्षा व्यबस्थालाई कडा बनाएका छन।

अघिल्लो दिन देखि नै कार्यक्रम स्थलमा प्रहरी पहरा ठाउँ ठाउँमा प्रहरी चेकजाच पछिल्लो समय भन्दा अलि बढी नै देखियो।आज बिहान ११ बजे पोखरा लेकसाइडमा हुने स्काउटको कार्यक्रमलाई प्रम ओलीले सम्बोधन गर्दै छन ।त्यस लगतै ओली पोखरा सभाग्रिहमा हुने स्व रबिन्द्र अधिकारीको कार्यक्रममा पुग्ने छन। बिहान देखि नै पोखराका मुख्य सडकहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको बाक्लो उपस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पोखराको सभाग्रिह चोक लखन चोक नाग ढुङगा एयर पोर्ट मुस्ताङ चोक राष्ट्रबैक चोक सहिद चोक र बसुन्धरा पार्कमा व्यापक रुपमा सडकहरुमा प्रहरी परिचालित छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार