राजनीति
काठमाडौं – त्रिभुवन विमानस्थलमा आइतबार विहान एयर इन्डियाको जहाज दुर्घटनाबाट जोगिएको छ।
एयर इन्डियाको जहाजले ओभरसुट गरेर बिमान दुर्घटना हुनबाट जोगिएको हो। विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको बताएको छ ।
विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरेको बताएका छन । विमानकै समस्याले मिस एप्रोच भएर ओभरसुट गरिएको हो उनले भने ।
विहान ८ः५५को समयमा ल्यान्ड गर्न आएको विमान बाटो पहिल्याउन नसकेर ओभर सुट गरेको थियो । त्यसपछि विमान फेरि निजगढ पुगेर फेरि अवतरणको लागी आयो र सबा ९ बजे सफल अवतरण गर्यो ।
एयरपोर्टका अन्य अधिकारीहरुले भने विमान दुर्घटनाबाट जोगिएको बताएका छन् । नयाँदिल्लीबाट आएको एयरबसको ए ३२०-२१४ सिरिजको जहाजले ओभरसुट गरेको हो ।
ओभरसुट सामान्य भएपनि आइतबारको ओभरसुट असामन्य देखिएको विमानस्थलका अधिकारीले बताएका छन् । विमान फेरि अवतरण गरेर यात्रु लिई पुनः दिल्ली उडेको छ ।